पोर्चुगलमा तीन नेपाली क्वारेन्टाइनमा, एक जनाको अवस्था जटिल  « Khabarhub

पोर्चुगलमा तीन नेपाली क्वारेन्टाइनमा, एक जनाको अवस्था जटिल 


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोर्चुगलको फारोस्थित एक कृषि कम्पनीमा कार्यरत ७४ नेपालीमा कोरोनाको संक्रमण भई क्वारेन्टाइनमा राखिएको खबर बाहिरिए पनि तीन जना नेपाली मात्र रहेको जनाइएको छ  भने एक जनाको अवस्था भने गम्भीर रहेको छ ।

७४ जना नेपाली संक्रमित भएको खबर पोर्चुगलमा मात्रै नभई नेपालसँगै यूरोपका हरेक देशमा रहेका नेपाली अनलाइनदेखि पत्रपत्रिका र टेलिभिजनमा पनि प्रकाशित भए । पोर्चुगलका आधिकारिक संचारमाध्यमले पनि ७४ नेपाली नै क्वारेन्टाइनमा रहेको भन्दै समाचारहरु सम्प्रेषण गरेका थिए ।

घटना घटेको थाहा पाएपछि व्यवसायी एवं समाजसेवी कमलमान गुरुङ र दोभासे कमल भट्टराई घटनास्थलमा पुगेका थिए ।

दुवैजनाले घटनास्थलमा ७४ जना नेपाली नभई तीन जना क्वारेन्टाइनमा रहेको र एक जनाको अस्पतालमा उपचार भइरहेको भन्दै आफ्नो फेसबुकमार्फत लाइभ गरे ।

वास्तविकता बुझ्न हामीलाई निकै गाह्रो पऱ्यो । पोर्चुगल सरकारले आपतकालिन घोषणा गरेपछि हामी पनि घटनास्थलसम्म पुग्न सकेनौं ।

फोन र सामाजिक संजालमार्फत घटनाको वास्तविकता बुझ्ने प्रयास गऱ्यौँ । फारो पुगेर फर्किएका व्यवसायी गुरुङले तीन नेपाली क्वारेन्टाइन र एकजना अस्पतालमा उपचारको क्रममा रहेको जानकारी दिए ।

‘क्वारेन्टाइनमा रहेका तीनको अवस्था सामान्य नै छ भने अस्पतालमा भर्ना भएका एकको अवस्था केही जटिल छ ।’ उनले भने, ‘अस्पतालमा कोही जान नपाउने भएकोले उपचारमा संलग्न चिकित्सकहरुसँग नियमित रुपमा जानकारी लिने काम भइरहेको छ ।’

यता, नेपालीमा संक्रमण फैलिएपछि लिस्वनस्थित नेपाली वाणिज्य दूतावासले पनि विरामीको उपचार र क्वारेन्टाइनमा रहेका नेपालीहरुको खानपान, चेकजाँच र सुरक्षामा आवश्यक ध्यान पुऱ्याइदिन सम्बन्धित निकायलाई पत्राचार र अन्य कुटनितिक पहल गरिरहेको छ ।

बाणिज्यदूत मकर बहादुर हमालले सम्बन्धित क्षेत्रका सेफ र जेएनआरलाई सहयोगका लागि अनुरोध भइसकेको जानकारी दिए ।

उनले पोर्चुगलमा रहेका सबै नेपाली समुदायमा आइपर्ने सबैखाले स्वास्थ्य समस्या तथा आकस्मिक विपतमा सहयोग र परामर्शका लागि कन्सुलेट कार्यालयको मोबाइल नम्बर ९६९१९०९१९ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

कसरी आयो ७४ नेपालीको हल्ला ?

केही दिनअघि मात्रै फारोस्थित ‘केयरफुल’ नामक कृषि कम्पनीमा कार्यरत एक नेपाली सामान्य घाँटी दुखेपछि साथीको सहायतमा नजिकैको अस्पताल पुगे ।

अस्पतालका चिकित्सकले दुवै जनालाई जाँच गर्नेपर्ने बताएपछि बिरामीको साथी बनेर गएका एक नेपाली युवा भागेका थिए । अस्पताल र स्थानीय प्रशासन उनको खोजी गर्दा ‘केयरफुल’ कम्पनीका कामदार बस्ने क्याम्पमा पुगेपछि सबैलाई क्वारेन्टाइनमा लगेको एक नेपालीले फोनमार्फत हामीलाई जानकारी दिए ।

ती नेपाली युवाकाअनुसार अहिले क्वारेन्टाइनमा तीन नेपाली, सात पाकितानी, तीन बंगलादेशी र अन्य ३९ जना भारतिय नागरिक छन् । यस्तै एक नेपाली र अन्य केही विदेशीमुलका नागरिकहरुलाई छुट्टै राखेर उपचार गराइएको बुझिएको छ ।

अहिले नेपालीसहित ५७ जना नागरिक क्वारेन्टाइनमा छन् ।

उपचारका क्रममा रहेका एक र क्वारेन्टाइनमा रहेका तीन नेपाली एक महिना अघिमात्रै नेपालबाट  पोर्चुगल पुगेको बुझिएको छ । उनीहरु माल्टाबाट पोर्चुगल छिरेका थिए ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ९ : १९ बजे

सलमान र सञ्जयको जोडी साउदी एक्सन फिल्म ‘सेभेन डग्स’ मा 

काठमाडौं– साउदी अरेबियाको बहुप्रतिक्षित एक्सन फिल्म ‘सेभेन डग्स’ अहिले निकै

नेता कार्यकर्तालाई विश्वप्रकाशले भने- कांग्रेसको जरा बलियो बनाउनेगरि जुट्नुहोस्

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको परिवर्तित अवस्थामा कांग्रेस

महाशिवरात्रि : पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको भिड

काठमाडौं– महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि देवाधिदेव महादेवको पूजा

स्वास्थ्य बीमामा डिजिटल फड्को : खर्च विवरण अब मोबाइलमै

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितहरूको सहजता, पारदर्शिता र सूचनामा पहुँच

नाइजेरियामा बस-ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ७ जना घाइते

अबुजा– नाइजेरियाको दक्षिण पूर्वी क्षेत्रमा शनिबार साँझ यात्रुवाहक बस र