कोरोना भाइरसबारे नेपाली मूलकी अमेरिकी नर्सको अपिल « Khabarhub

कोरोना भाइरसबारे नेपाली मूलकी अमेरिकी नर्सको अपिल


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोभिड १९ को प्रकोप संसारभर फैलिइरहदा कतिपय कपोकल्पित सूचनाहरुबाट भने जोगिन जरुरी छ ।

विश्व स्वास्थ्य संगठन, सीडीसी, अरु स्वास्थ्य विभाग र विश्वविद्यालयहरुका आधिकारिक सूचनाहरुलाई आधार मान्न विज्ञहरुले अनुरोध गरिहँदा नेपाली मूलकी अमेरिकी नर्स मञ्जु कार्की संग्रौलाले कोरोना भाइरसबारेका केही तथ्य र भ्रमबारे जानकारी दिएकी छन् ।

सोसाइटी अफ अमेरिकन नेपालिज नर्सको अध्यक्षसमेत रहेकी संग्रौलाले कोरोना भाइरसबारे अहिलेसम्म भएका अध्ययनलाई आधारमा जानकारी प्रस्तुत गरेकी हुन् ।

के हो तातो र चिसोसँग कोरोना भाइरसको सम्बन्ध

१. अहिलेसम्मको तथ्यांकले कोरोना भाइरस तातो चिसो सबै खालको मौसममा फैलिन सक्छ । जाडो ठाउंहरु इटाली, चीन, अमेरिकामा जाडो समयमै फैलियो भने अष्ट्रेलियामा गर्मी समयमा फैलिएको छ ।

२. चिसो मौसमले वा हिउंले कोरोना भाइरसलाई मार्न सक्दैन ।

३. तातो पानीले नुहाउंदैमा कोरोना भाइरस सर्नबाट बचाउन वा बच्न सकिदैन ।

४. मच्छड (लामखुट्टे) बाट कोरोना भाइरस सर्छ भन्ने कुरा अहिलेसम्म प्रमाणित भएको छैन ।

५. कपाल वा हात सुख्खा पार्ने ड्रायरले कोरोना भाइरसलाई मार्न सक्दैन ।

रक्सीदेखि लसुनसम्मका चर्चा

१. शरीरमा अल्कोहल वा क्लोरिन दलेर वा छर्केर कोरोना भाइरस मर्न सक्दैन न त अल्कोहल (रक्सी) खाएर नै मर्न सक्छ ।

२. लसुनले कोरोना भाइरसलाई मार्न सक्दैन यद्यपि लसुनमा स्वस्थबर्धक र फाइदाजनक गुणहरु पाइन्छन् ।

३. एन्टिवायोटिकको प्रयोगले कोरोना भाइरसलाई मार्न सक्दैन । यो त व्याक्टेरियासंग लड्नको लागि हो ।

४. फ्लुभन्दा कोरोना भाइरस अझ धेरै सरुवा रोग हो तथापि कोरोना भाइरस लाग्दैमा मरिहाल्ने भन्ने हुंदैन ।

विश्व स्वास्थ्य संगठनका अनुसार यो रोगको कारणले रोग लागेका मध्ये थोरै प्रतिशत विरामीको मात्र मृत्यु भएको छ ।

पानीको प्रयोग सहितका अन्य पक्षहरु

१. कोरोना भाइरस नयां छ, यस बारेमा अनुसन्धान भइरहेको छ, यो सबै उमेरका मानिसमा सर्न सक्छ । यो कुनै जात जाति वा क्षेत्रका मानिसलाई मात्र लाग्ने भाइरस होइन, यो सबै मानिसलाई लाग्न सक्ने भाइरस हो । त्यसकारण सबै मानिसले यसको रोकथाम र उपचारमा सहयोग पर्याउनु पर्दछ ।

२. भिनेगरमा केही तत्वहरु हुन्छन् जसले किटाणुहरुलाई मार्न सक्छ तर कोरोना भाइरसलाई यसले मार्न सक्दैन ।

३. पानी पिउंदैमा कोरोना भाइरसलाई शरीर भित्रबाट बगाएर निकाल्न सकिन्छ भन्ने कुरा सत्य होइन । तथापि पानी पिउनु मानव शरीरको स्वास्थ्यको लागि अति आवश्यक कुरा हो । पानी पिउन भने छाड्नु हुंदैन ।

४. नुन मिसाएको तातो पानीले घांटीमा गार्गल गरेर कोरोना भाइरसलाई मार्न सक्दैन यद्यपि नुन मिसाएको तातो पानीले गार्गल गर्दा घांटी दुखेको कम हुनसक्छ ।

५. कोकिनले कोरोना भाइरसलाई मार्न सक्दैन, यो हल्लामात्र हो ।

६. कुकुर, विरालोबाट कोरोना भाइरस मानिसमा सर्छ भन्ने प्रमाण अहिलेसम्म भेटिएको छैन ।

७. कोरोना भाइरसको लक्षणले सताएको भन्ने लागेमा घरमा अलग्गै कोठामा बस्ने, सार्वजानिक यातायातको प्रयोग नगर्ने, भीडभाडमा नजाने जस्ले गर्दा संभावित कोरोना भाइरस अरुलाई सर्नबाट बचाउन सकिन्छ ।

८कोरोना भाइरस फैलिनबाट जोगिन जुठो खाने कुरा नखाने वा बच्चा बच्चीलाई जुठो नखुवाउने, थाल, प्लेटमा राखी हातले टिपेर खानेकुरा जस्तै मकै, भटमास, चिप्स आदि लाई एकजनाले मात्र प्रयोग गर्ने, धेरैको बीचमा सेयर गर्नु छ भने अलग अलग थाल, बटुका, प्लेटमा राखेर खाने ।

९. अहिलेसम्म कोरोना भाइरसको औषधि वा खोप छैन । लक्षणको आधारमा उपचार गरिरहेमा यसबाट बच्न मद्दत पुग्न सक्छ । जस्तै, धेरै ज्वरो आएमा सिटामोल वा टाइलानल खाने र ज्वरो घटाउने, घांटी दुखेमा वा खोकी लागेमा त्यसैसंग सम्बन्धित औषधि खाने र खोकी लागेको, घांटी दुखेको रोकथाम गर्ने ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १० : १३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्