चीन र इटालीपछि अमेरिकामा कोरोना संक्रमित धेरै, मृतकको संख्या ३४८ पुग्यो « Khabarhub

चीन र इटालीपछि अमेरिकामा कोरोना संक्रमित धेरै, मृतकको संख्या ३४८ पुग्यो


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  चीन र इटालीपछि अमेरिकामा सबै भन्दा बढी कोरोना संक्रमण देखिएको छ ।

संक्रमण नियन्त्रणउन्मुख रहेको चीनमा ८० हजार ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यस्तै हाल महामारीको रुप लिइरहेको इटालीमा ५३ हजार ५७८ जनामा संक्रमण देखिएको छ ।

अमेरिकामा २६ हजार ८ सय ७८ जनामा संक्रमण देखिएको छ । थप २६ सय ७१ जनामा संक्रमण देखिएकाले संक्रमित हुनेको संख्या २६ हजार नाघेको हो ।

कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ४८ पुगेको छ । शनिबार राति थप ४६ जनाको मृत्यु भएपछि मृतकको संख्या ३ सय ४८ पुगेको हो ।

उपचारारतमध्ये ७ सय ८ जनाको अवस्था गम्भीर रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । अहिलेसम्म १ सय ८२ जना ठीक भएर घर फर्किएका छन् ।

अमेरिकाका सबै राज्यमा कोरोनाको संक्रमण देखिएपछि त्यहाँ राष्ट्रिय संकटकाल घोषणा गरिएको छ भने अन्तर्राष्ट्रिय हवाई उडानहरु कटौती गरिसकिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ११ : २३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया