कोरोना विरुद्ध सरकारले लिएका नीति दृढतापूर्वक पालना गर्न प्रचण्डको अपिल « Khabarhub

कोरोना विरुद्ध सरकारले लिएका नीति दृढतापूर्वक पालना गर्न प्रचण्डको अपिल


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी महामारीका रुपमा देखापरेको कोरोना भाइरस (कोविड–१९) को संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न सिंगो पार्टी पंक्ति र आम जनसमुदायमा अपिल गरेका छन् ।

उनले पार्टी र सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सम्बन्धित सबैमा आग्रह गरेका छन् ।

अध्यक्ष प्रचण्डले कोरोना भाइरसको संक्रमण रोक्ने तयारीका लागि आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउन आफ्नो पहल बढाउन सरकारसँग आग्रह गर्दै राष्ट्रिय एकता र उच्च मनोबलका साथ यसको सामना गर्न सबैमा अनुरोध गरे ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ११ : ३२ बजे

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का

हिजो नबलेको एनपीएलको फ्लडलाइट आज बालियो

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत हिजो सुदूरपश्चिम रोयल्स र

बड्कापथ सिँचाइ आयोजनाले ६१० हेक्टरमा सिँचाइ सुविधा

तुलसीपुर– दाङको गढवा गाउँपालिकाको चार हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्‍याउने

बुर्किना फासोमा इस्लामिक अतिवादी समूहबीच भीषण लडाईँ, पछिल्लो घटनामा ४ सय लडाकु मारिए

काठमाडौं– अफ्रिकाको साहेल क्षेत्रमा अवस्थित बुर्किना फासोमा इस्लामिक लडाकु समूहबीचको