कैलालीमा शंकास्पद बस्तु विस्फोट हुँदा १ जनाको मृत्यु « Khabarhub

कैलालीमा शंकास्पद बस्तु विस्फोट हुँदा १ जनाको मृत्यु


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका–४ फूलबारी बस्तीमा ‘शंकास्पद बस्तु’ विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ ।

जंगलमा घाँस काट्न जाने क्रममा भेटिएको पित्तल जस्तो ‘शंकास्पद बस्तु’लाई घरमा ल्याएर पगाल्न खोज्दा विस्फोट हुँदा १ जनाको मृत्यु भएको हो ।

विस्फोटबाट मृत्यु हुनेमा फूलबारी बस्तीका ४० वर्षीय नरबहादुर विक रहेका जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप गिरीले विस्फोट भएको पुष्टि गरे ।

‘गोदावरी नगरपालिका–४ मा विस्फोट भएको सूचना आएको छ । वनमा घाँस काट्न जाँदा भेटिएको पित्तल जस्तो वस्तुलाई घरमा ल्याएर पगाल्न खोज्दा विस्फोट भएको भन्ने बुझिएको छ,’ एसपी गिरीले खबरहबसँग भने, ‘अहिले प्रहरीको टोली घटनास्थलतर्फ जाँदै छ ।’

विस्फोटबाट १ जनाको ज्यान गएको भएपनि कुनै विस्फोटक पदार्थ भरिएको बस्तु नै विस्पफोट भएको हो भन्ने विषय यकीन नभएको एसपी गिरीको भनाइ छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १ : १८ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण