भारतसँग गृहमन्त्रीको प्रस्ताव– कोरोनाको संक्रमण रोक्न सीमा नियन्त्रण गरौं « Khabarhub

भारतसँग गृहमन्त्रीको प्रस्ताव– कोरोनाको संक्रमण रोक्न सीमा नियन्त्रण गरौं


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग आइतबार शिष्टाचार भेटवार्ता गरेका छन् ।

गृहमन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा छलफल भएको छ ।

नेपालमा भारतीय राजदूत रुपमा कार्यभार सम्हालेका राजदुत क्वात्रालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै गृहमन्त्री थापाले उनको कार्यकालमा २ देशको सम्बन्धले थप उचाई लिने विश्वास व्यक्त गरे ।

गृहमन्त्री थापाले नेपालको विविध क्षेत्रका साथै सुरक्षा निकायको तालिम र भौतिक सामाग्रीमा भारतले गर्दै आएको सहयोगप्रति राजदूत क्वात्रार्फत भारत सरकारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि त्यसले निरन्तरा पाउने विश्वास व्यक्त गरे ।

भेटमा मन्त्री थापाले विश्व्यापीरुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९)को महामारीसँग जुध्न सार्क राष्ट्रका मुलुकहरुबीच सहकार्यको आवश्यकतामा जोड दिए ।

यसै सन्दर्भमा नेपाल–भारत सीमाबाट सो महामारी नफैलियोस् भनेर सीमा नियन्त्रणमा दुबै देशको समझदारी र सहकार्यका लागि गृहमन्त्री थापाले राजदुत क्वात्रामार्फत भारत सरकारसँग आग्रह गरे ।

राजदुत क्वात्राले नेपाल–भारत सम्बन्धको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै आफ्नो कार्यकालमा सो सम्बन्धलाई थप मजबुत बनाउन सक्दो भूमिका खेल्ने प्रतिवद्धता गरे ।

राजदूत क्वात्राले कोरोना भाइरस विरुद्धको लडाइँमा नेपाललाई आवश्यक सबै सहयोग गर्न भारत तयार रहेको बताए ।

कोरोनाको क्रास पछिको अवस्थामा नेपाल–भारत सीमा व्यवस्थापनको सम्बन्धमा दुई देशका परराष्ट्रमन्त्रीबीच पनि छलफल भइसकेको तथा नेपालको गृह मन्त्रालयको समेत राय लिएर निर्णय गर्न आफूहरु तयार रहेको बताए ।

उनले भारतीय सहयोगमा काभ्रेको पनौतिमा बन्न लागेको नेपाल प्रहरीको तालिमकेन्द्र निर्माणको काम र सुरक्षाकर्मीलाई सवारी सधान उपलब्ध गराउने विषयलाई आफूले प्राथमिकतामा राख्दै यसलाई छुट्टै द्रुतमार्गबाट अघि बढाउने जानकारी गराए ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १ : ५० बजे

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई

आगामी साता वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको

इजिप्टको प्राचीन मन्दिर, जहाँ वर्षमा दुई पटक मात्रै पुग्छ सूर्यको किरण

एजेन्सी– इजिप्टको दक्षिणी क्षेत्रमा रहेको तीन हजार वर्ष पुरानो मन्दिरको

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो