दुबै इन्जिन फेल भएपछि समिट एयरको जहाज रामेछापमा आकस्मिक अवतरण « Khabarhub

दुबै इन्जिन फेल भएपछि समिट एयरको जहाज रामेछापमा आकस्मिक अवतरण


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

रामेछाप– काठमाडौंबाट लुक्काका लागि उडेको समिट एयरको विमान इन्जिन फेल भएपछि रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।

आइतबार बिहान ९ बजेतिर जहाजका दुवै इन्जिन फेल भएपछि रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।

नाइन एन एएमजी कल साइनको विमानको इन्जिन फेल भएपछि रामेछाप विमानस्थलमा आकस्मिक अवतरण नागरिक उडड्यन कार्यालय रामेछापका एटिसी विवस दाहालले जानकारी दिए । विमानमा रहेका १८ यात्रु र चालक दलका ३ सदस्य सबै सकुशल रहेका छन् ।

दाहालका अनुसार जहाजका दुबै इन्जिन फेल भएपछि समिट एयरको जहाजले काठमाडौं जाँदै गरेको तारा एयरको विमानका चालकलाई सन्देश पठाएको थियो ।

तारा यएरको नाइन एन एईटी नम्बरको जहाजले रामेछाप टर्मिनलमा रहेका एटिसीलाई समिट एयरको जहाजको इन्जिन फेल भएको जानकारी गराएको थियो ।

एटिसीसँग सम्पर्क भएको करिब ६ मिनेटमा समिट एयरको जहाज रामेछाप विमानस्थलमा आकस्मिक अवतरण भएको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १ : ५६ बजे

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७