दुबै इन्जिन फेल भएपछि समिट एयरको जहाज रामेछापमा आकस्मिक अवतरण « Khabarhub

दुबै इन्जिन फेल भएपछि समिट एयरको जहाज रामेछापमा आकस्मिक अवतरण


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप– काठमाडौंबाट लुक्काका लागि उडेको समिट एयरको विमान इन्जिन फेल भएपछि रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।

आइतबार बिहान ९ बजेतिर जहाजका दुवै इन्जिन फेल भएपछि रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।

नाइन एन एएमजी कल साइनको विमानको इन्जिन फेल भएपछि रामेछाप विमानस्थलमा आकस्मिक अवतरण नागरिक उडड्यन कार्यालय रामेछापका एटिसी विवस दाहालले जानकारी दिए । विमानमा रहेका १८ यात्रु र चालक दलका ३ सदस्य सबै सकुशल रहेका छन् ।

दाहालका अनुसार जहाजका दुबै इन्जिन फेल भएपछि समिट एयरको जहाजले काठमाडौं जाँदै गरेको तारा एयरको विमानका चालकलाई सन्देश पठाएको थियो ।

तारा यएरको नाइन एन एईटी नम्बरको जहाजले रामेछाप टर्मिनलमा रहेका एटिसीलाई समिट एयरको जहाजको इन्जिन फेल भएको जानकारी गराएको थियो ।

एटिसीसँग सम्पर्क भएको करिब ६ मिनेटमा समिट एयरको जहाज रामेछाप विमानस्थलमा आकस्मिक अवतरण भएको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १ : ५६ बजे

‘देशको विकास उमेरले होइन, विचार र सिद्धान्तले हुन्छ’

काठमाडौँ – मंसिर ४ गते सम्पन्न निर्वाचनको नतिजापछि नयाँ सरकार

उपराष्ट्रपति पुनद्वारा उधौली र यःमरि पुन्हिको शुभकामना

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले किराँत समुदायको महान् चाड उधौली

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – दोलखाबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका

प्रदूषण जाँचमा पास नहुने सवारी साधनलाई एक लाख जरिवाना गरिने

काठमाडौँ – सरकारको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने सवारी

सुनको मूल्य तोलाको ९९ हजार सात सय, चाँदीको कति?

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ।