भारतबाट आउने हरेक नेपाली 'सेल्फ क्वारेन्टाइनमा', नियमित अनुगमन गरिने | Khabarhub Khabarhub

भारतबाट आउने हरेक नेपाली ‘सेल्फ क्वारेन्टाइनमा’, नियमित अनुगमन गरिने


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले भारतीय सीमाबाट भित्रने सबै नेपालीलाई अनिवार्य सेल्फ क्वारेन्टाइनमा राख्‍ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै भारतीय सीमाबाट भित्रने सबै नेपालीलाई अनिवार्य सेल्फ क्वारेन्टाइनमा राख्‍ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार नेपाल प्रवेश गर्ने व्यक्तिको यात्रा निगरानी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित गृह मातहत सबै निकायलाई निर्देशन दिइएको छ । अब भारतसँगै अन्य मुलुकबाट आउने नागरिकमाथि पनि निगरानी हुनेछ ।

गृहको परिपत्रअनुसार सीमाबाट भित्रिएका नागरिकको संक्षिप्त व्यक्तिगत विवरण अभिलेख राख्‍ने, कुन जिल्ला र स्थानीय तह जान लागेको हो त्यसको समेत विवरण तयार पार्ने र त्यसलाई कार्यान्वयन गर्न स्थानीय प्रशासन र सुरक्षा निकायहरुलाई पठाउने व्यवस्था गर्न निर्देशन दिइएको छ ।

सोही विवरणका आधारमा सीमाबाट भित्रिएका नेपाली सेल्फ क्वारेन्टाइन बसे-नबसेको नियमित अनुगमन गर्ने र स्थानीय पालिकाहरुलाई सोही अनुसार अनुगमन गर्न पनि गृहले आइतबार निर्देशन दिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  २ : १४ बजे

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर