हिमालयन बैंकमा स्यानिटाइजर तथा शरिरको तापक्रम जाँच्ने उपकरण प्रयोगमा « Khabarhub

हिमालयन बैंकमा स्यानिटाइजर तथा शरिरको तापक्रम जाँच्ने उपकरण प्रयोगमा


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाल सरकारले विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन तथा नेपालमा फैलिन नदिन गरेको विभिन्न निर्णयहरुलाई आत्मसाथ गर्दै हिमालयन बैंकले यस महामारीबाट आफ्ना कर्मचारीहरु तथा ग्राहकहरुको सुरक्षाको लागि विभिन्न कदम उठाएको छ ।

आफू र आफ्नो नजिकका व्यक्ति संक्रमित नहुन् भन्नका लागि आफै सचेत हुनु जरुरी रहेकोले बैंकले आफ्ना शाखाहरुमा कर्मचारी तथा ग्राहकहरुका लागि आवश्यक स्यानिटाइजर राखी प्रयोग गर्न भनेको छ ।

त्यसका साथै बैंकले प्रत्यक्ष तथा दैनिक रुपमा विभिन्न व्यक्तिहरुसंग सम्पर्क गर्नु पर्ने भएकोले आफ्ना कर्मचारीहरु तथा ग्राहकहरुलाई कार्यलयमा प्रवेश गर्नुपूर्व अनिवार्य रुपमा शरिरको तपक्रम नापि निश्चित तापक्रम भन्दा बढि भएको ग्राहक तथा कर्मचारीलाई कोरोना भाइरसको बारेमा आवश्यक सचेतना प्रदान गर्ने तथा सुरक्षा रणनीति बताई चिकित्सकसंग आवश्यक परामर्श गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ५ : ०३ बजे

रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

रसुवा– गत असार २४ को ल्हेन्देखोला बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत्

१३२ केभी प्रसारण लाइन १५ दिनभित्र सञ्चालनमा ल्याउन निर्देशन 

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले १३२ केभी

रास्वपाको समानुपातिक बन्दसूचीबाट आसिफले लिए नाम फिर्ता, प्रत्यक्षमा लड्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्द सूचीमा परेका

अस्पतालको बेडबाटै जेन-जी आन्दोलनका घाइते प्रकाश भन्छन्- ‘हाम्रो बलिदानी खेर नजाओस्’

काठमाडौं- गत भदौ २३ गते जेन–जी आन्दोलनका क्रममा नयाँ बानेश्वरमा

ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।