सुर्खेतको बुलबुलेमा क्वारेन्टाइन कक्ष बनाइँदै | Khabarhub Khabarhub

सुर्खेतको बुलबुलेमा क्वारेन्टाइन कक्ष बनाइँदै


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम न्यूनीकरण गर्न कर्णाली प्रदेश सरकारले बुलबुले उद्यानमा क्वारेन्टाइन कक्ष बनाउन शुरु गरेको छ ।

प्रदेश सरकारको आग्रहमा नेपाली सेनाले शनिबार सम्भावित स्थानहरुको सम्भाव्यता अध्ययन सकेर आइतबारदेखि क्वारेन्टाइन कक्ष निर्माण थालेको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको कोरोना भाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकले रेडियो नेपाल परिसर र मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गरी एक हजार शय्याका क्वारेन्टाइन कक्ष निर्माण गर्ने निर्णय गरेको थियो ।

विश्वविद्यालयमा ६०० र रेडियो नेपालमा ४०० शय्याका क्वारेन्टाइन बनाउने भनिए पनि रेडियो नेपाल उपयुक्त नरहेको नेपाली सेनाको अध्ययनले जनाएको छ ।

नेपाली सेनाका उत्तरपश्चिम पृतनापति सरोजप्रताप राणाले रेडियो नेपालको जग्गामा करेन्ट बिच्छ्याइएकाले क्वारेन्टाइनका लागि असम्भव रहेको बताए ।

यसका लागि सेनाले पर्यटकीय स्थल बुलबुले उद्यानलाई रोजेको छ ।

“रेडियो नेपालको टावरमै नौ हजार भोल्ट करेन्ट छ, रेडियो फ्रिक्वेन्सीले पनि क्वारेन्टाइन निर्माण गर्न दिँदैन,” पृतनापति राणाले भने, “त्यसैले बस्तीदेखि टाढा भएको स्थान बुलबुले नै उपयुक्त देखिएको छ, आजदेखि नै बुलबुलेमै क्वारेन्टाइन निर्माणको काम शुरु गर्छौँ ।”

वीरेन्द्रनगर नगरपालिकाले पनि बुलबुले सबै हिसाबले उपयुक्त रहेको निष्कर्ष निकालेको छ । नगर प्रमुख देवकुमार सुवेदीले बस्तीदेखि टाढा, पानी पर्याप्त भएकाले बुलबुलेमा क्वारेन्टाइन कक्ष निर्माण गर्न सकिने बताए ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले भने क्याम्पस भवनहरुलाई क्वारेन्टाइन बनाउन सहमति दिइसकेको छ । प्रदेश सरकारले टेन्ट, पानी, शौचालयका लागि आवश्यक स्रोतसाधन जुटाएमा एक सातामै एक हजार शय्याका क्वारेन्टाइन कक्ष निर्माण गर्न तयार रहेको नेपाली सेनाको भनाइ छ ।

प्रदेश सरकारले १० दिनभित्र भारतमा रहेका कर्णालीवासीलाई फर्किन आह्वान गरिसकेकाले सङ्क्रमित बिरामीलाई सिधै घर जान नदिन क्वारेन्टाइनमा राख्ने तयारी गरेको हो ।

भारतमा कोरोना भाइरसको सङ्क्रमण दर बढेपछि त्यहाँका विभिन्न शहरमा बसोबास गर्दै आएका नेपालीहरु फर्कने क्रम बढ्दो छ ।

घर फर्कने कर्णालीवासीको बबईलगायतका नाकाहरुमा स्वास्थ्य परीक्षण गरी शङ्कास्पद बिरामीलाई क्वारेन्टाइनमा राखेर आवश्यक निगरानीका साथै औषधि उपचार गरिनेछ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ६ : ५० बजे

‘नो प्लाष्टिक जोन’ कार्यान्वयन गर्ने कांग्रेसको घोषणा

काठमाडौं– नेपाली कांग्रेसले पार्टीका सबै तहका कार्यालयहरूलाई प्लाष्टिकरहित क्षेत्र (नो

सरकारी कर्मचारीले अनिवार्य स्वास्थ्य बीमा गर्नुपर्ने नियम ल्याउँदै मन्त्री पौडेल

काठमाडौं– सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गर्न स्वास्थ्य तथा जनसङ्ख्या

सशस्त्रका दुई गोताखोर सप्तकोसीमा डुबेको घटनाबारे बुझ्न हलचोक पुगे गृहमन्त्री लेखक

काठमाडौं- गृहमन्त्री रमेश लेखकले सप्तकोसीमा सशस्त्र प्रहरी बल नेपालका दुई

नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह

काठमाडौं– गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दाबारे गगन- अब त्यो अदालतको विषय भइसक्यो

विराटनगर- सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार