कोरोनाको भ्याक्सिन ल्याउने वेलायती वैज्ञानिकको तयारी « Khabarhub

कोरोनाको भ्याक्सिन ल्याउने वेलायती वैज्ञानिकको तयारी


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  बेलायतले कोरोना भाइरसको भ्याक्सिन बनाउन तीव्रता दिएको छ ।

हाल गरिएका परीक्षणले पूर्णता पाए १० लाख डोजसम्म कोरोनाको भ्याक्सिन तयार गर्ने वेलायती वैज्ञानिकहरुले बताएका छन् ।

बेलायतको अक्सफोर्ड यूनिभर्सिटीको भ्याक्सिनोलोजी डिपार्टमेन्टका प्रोफेसर सारा गिलबर्टकाअनुसार आउदो सेप्टेम्बरभित्र कोरोना भाइरसको भ्याक्सिन बनाइसक्ने गरी कामहरु भइरहेका छन् ।

गिलबर्टका अनुसार  ChAdOx1 प्रविधिका साथ भ्याक्सीनका १२ परीक्षण गरिसकिएको र क्लीनिकल ट्रायल पनि सुरु भइसकेको छ ।

उक्त परीक्षणले उत्कृष्ट परिणाम दिइरहेकाले आउदो सेप्टेम्बरभित्र १० लाख डोज भ्याक्सिन ल्याउने उनले दावी गरेकी छन् । अक्सफोर्डको टीमले विश्वका विभिन्न ७ उत्पादककासाथ भ्याक्सिनको उत्पादन थालेको जानकारी दिएको छ ।

बेलायतमा बुधबार बिहानसम्म कोरोना भाइरसले १७ हजार ३३७ जनाको मृत्यु भएको छ भने १ लाख २९ हजार ४४ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ९ : ३६ बजे

कांग्रेस विशेष महाधिवेशन : मंगलबार नेतृत्व चयनका प्रक्रिया सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत मंगलबार पार्टीको नीति

सिन्धुलीकी टङ्कमायाको हत्यामा संलग्न रहेको अरोपमा दुई जना पक्राउ

सिन्धुली – जिल्लाको तिनपाटन गाउँपालिका–३ कोल्वोटेकी ५३ वर्षीया टङ्कमाया बुढाथोकीको

पर्वतारोहण सङ्घलाई एकाधिकार दिन मिल्दैनः मन्त्री सिन्हा

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपाल

१५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुननिर्माण सुरु

काठमाडौं – काठमाडौंको प्राचीन र सांस्कृतिक बस्ती ‘ग्वलः दे’ (पशुपति

नेपालका लागि डिजिटल रुपान्तरण अनिवार्य : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा सुशासन,