कोरोनाको भ्याक्सिन ल्याउने वेलायती वैज्ञानिकको तयारी « Khabarhub

कोरोनाको भ्याक्सिन ल्याउने वेलायती वैज्ञानिकको तयारी


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  बेलायतले कोरोना भाइरसको भ्याक्सिन बनाउन तीव्रता दिएको छ ।

हाल गरिएका परीक्षणले पूर्णता पाए १० लाख डोजसम्म कोरोनाको भ्याक्सिन तयार गर्ने वेलायती वैज्ञानिकहरुले बताएका छन् ।

बेलायतको अक्सफोर्ड यूनिभर्सिटीको भ्याक्सिनोलोजी डिपार्टमेन्टका प्रोफेसर सारा गिलबर्टकाअनुसार आउदो सेप्टेम्बरभित्र कोरोना भाइरसको भ्याक्सिन बनाइसक्ने गरी कामहरु भइरहेका छन् ।

गिलबर्टका अनुसार  ChAdOx1 प्रविधिका साथ भ्याक्सीनका १२ परीक्षण गरिसकिएको र क्लीनिकल ट्रायल पनि सुरु भइसकेको छ ।

उक्त परीक्षणले उत्कृष्ट परिणाम दिइरहेकाले आउदो सेप्टेम्बरभित्र १० लाख डोज भ्याक्सिन ल्याउने उनले दावी गरेकी छन् । अक्सफोर्डको टीमले विश्वका विभिन्न ७ उत्पादककासाथ भ्याक्सिनको उत्पादन थालेको जानकारी दिएको छ ।

बेलायतमा बुधबार बिहानसम्म कोरोना भाइरसले १७ हजार ३३७ जनाको मृत्यु भएको छ भने १ लाख २९ हजार ४४ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ९ : ३६ बजे

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ