११ स्थानीयवासीमा एकैपटक कोरोना देखिएपछि उदयपुरमा त्रास, भुल्केका सबैको परीक्षण गर्न स्वास्थ्य सामग्री अभाव « Khabarhub

११ स्थानीयवासीमा एकैपटक कोरोना देखिएपछि उदयपुरमा त्रास, भुल्केका सबैको परीक्षण गर्न स्वास्थ्य सामग्री अभाव


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एकैपटक ११ जना स्थानीयवासीमा कोरोना भाइरसको संक्रमण देखिएपछि उदयपुरको भुल्के तथा आसपासको क्षेत्रमा त्रास बढेको छ ।

यसअघि १३ जना भारतीयमा संक्रमण फैलिएको भुल्केमा मंगलबार थप ११ जना स्थानीयवासीमै एकैपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि त्रियुगा नगरपालिकाको ३ नम्बर वडा शिल गरिएको छ ।

सो क्षेत्रका ६५० जनाको स्वास्थ्य परीक्षणको तयारी गरिए पनि स्वास्थ्य परीक्षणका लागि आवश्यक सामग्री नहुँदा समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख नवराज सुवेदीकाअनुसार तीव्ररूपमा भुल्के र त्रियुगा क्षेत्रमा कोरोनाको सङ्क्रमण फैलदै गएको भए पनि सबै स्थानीय नागरिकको स्वाब नमूना सङ्कलन गर्न विभिन्न उपकरणको अभाव भएको छ ।

भुल्के गाउँमा अहिले ५६ घर मुस्लिम र अन्य समुदायका २२५ घर गरेर झण्डै ६५० जनसङ्ख्या रहेको छ ।

जसमध्ये अहिलेसम्म प्रदेश जनस्वास्थ्य विभागबाट ६९ र नेपाली सेनाबाट २५० गरेर ३१९ जनाको मात्र स्वाब नमूना सङ्कलन गरिएको सुवेदीले जानकारी दिए ।

तीन सय १९ जनाको स्वाब नमूना परीक्षण गर्दा २४ मा सङ्क्रमण देखिएका कारण अन्य स्थानीय बासिन्दाको पनि स्वाब नमूना सङ्कलन गर्नुपर्ने दबाब बढेको तर सामग्री नहुँदा समस्या भएको उनले बताए ।

सुवेदीकाअनुसार कोरोना संक्रमित बढ्दै गएपछि भुल्केवासी र गाईघाट बजारवासीले छिटोभन्दा छिटो सबै स्थानीयवासीको पनि स्वाब नमूना सङ्कलन गरेर परीक्षण गर्न माग गरिरहेका छन् ।

त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले भने आवश्यक परे नगरका अन्य क्षेत्रका नागरिकमा पनि कोरोनासम्बन्धी परीक्षण गराउन आफूले प्रदेश र सङ्घीय सरकारसँग अनुरोध गरिरहेको जानकारी दिएका छन् ।

उदयपुरमा अहिले भुल्के क्षेत्रबाहेक चौदण्डी नगरपालिकास्थित सिवाइ मस्जिद क्षेत्र, जामे मस्जिद र त्रियुगा नगरपालिकाकै देउरी मस्जिद आसपासमा पनि कोरोना भाइरसको संक्रमण फैलिएको हुनसक्ने ठानिएकाले परीक्षणका लागि उपकरण अत्यावश्यक भएको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।

गत शुक्रबारमात्रै भुल्केको नुरी मस्जिदमा लुकेर बस्दै आएका १२ भारतीय मुस्लिम नागरिकमा पहिलोपटक कोरोनाको सङ्क्रमण देखिएको थियो भने मंगलबार भुल्कैकै अरु ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  १२ : २७ बजे

योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो : उद्योगमन्त्री सिन्हा

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता र

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । आजको

बर्दिबासमा सौर्य ऊर्जा जडान गरिँदै

महोत्तरी– बर्दिबास नगरपालिका-६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन हुने सौर्य

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा !

काठमाडौं – व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ

मोरङ– सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव