११ स्थानीयवासीमा एकैपटक कोरोना देखिएपछि उदयपुरमा त्रास, भुल्केका सबैको परीक्षण गर्न स्वास्थ्य सामग्री अभाव « Khabarhub

११ स्थानीयवासीमा एकैपटक कोरोना देखिएपछि उदयपुरमा त्रास, भुल्केका सबैको परीक्षण गर्न स्वास्थ्य सामग्री अभाव


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एकैपटक ११ जना स्थानीयवासीमा कोरोना भाइरसको संक्रमण देखिएपछि उदयपुरको भुल्के तथा आसपासको क्षेत्रमा त्रास बढेको छ ।

यसअघि १३ जना भारतीयमा संक्रमण फैलिएको भुल्केमा मंगलबार थप ११ जना स्थानीयवासीमै एकैपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि त्रियुगा नगरपालिकाको ३ नम्बर वडा शिल गरिएको छ ।

सो क्षेत्रका ६५० जनाको स्वास्थ्य परीक्षणको तयारी गरिए पनि स्वास्थ्य परीक्षणका लागि आवश्यक सामग्री नहुँदा समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख नवराज सुवेदीकाअनुसार तीव्ररूपमा भुल्के र त्रियुगा क्षेत्रमा कोरोनाको सङ्क्रमण फैलदै गएको भए पनि सबै स्थानीय नागरिकको स्वाब नमूना सङ्कलन गर्न विभिन्न उपकरणको अभाव भएको छ ।

भुल्के गाउँमा अहिले ५६ घर मुस्लिम र अन्य समुदायका २२५ घर गरेर झण्डै ६५० जनसङ्ख्या रहेको छ ।

जसमध्ये अहिलेसम्म प्रदेश जनस्वास्थ्य विभागबाट ६९ र नेपाली सेनाबाट २५० गरेर ३१९ जनाको मात्र स्वाब नमूना सङ्कलन गरिएको सुवेदीले जानकारी दिए ।

तीन सय १९ जनाको स्वाब नमूना परीक्षण गर्दा २४ मा सङ्क्रमण देखिएका कारण अन्य स्थानीय बासिन्दाको पनि स्वाब नमूना सङ्कलन गर्नुपर्ने दबाब बढेको तर सामग्री नहुँदा समस्या भएको उनले बताए ।

सुवेदीकाअनुसार कोरोना संक्रमित बढ्दै गएपछि भुल्केवासी र गाईघाट बजारवासीले छिटोभन्दा छिटो सबै स्थानीयवासीको पनि स्वाब नमूना सङ्कलन गरेर परीक्षण गर्न माग गरिरहेका छन् ।

त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले भने आवश्यक परे नगरका अन्य क्षेत्रका नागरिकमा पनि कोरोनासम्बन्धी परीक्षण गराउन आफूले प्रदेश र सङ्घीय सरकारसँग अनुरोध गरिरहेको जानकारी दिएका छन् ।

उदयपुरमा अहिले भुल्के क्षेत्रबाहेक चौदण्डी नगरपालिकास्थित सिवाइ मस्जिद क्षेत्र, जामे मस्जिद र त्रियुगा नगरपालिकाकै देउरी मस्जिद आसपासमा पनि कोरोना भाइरसको संक्रमण फैलिएको हुनसक्ने ठानिएकाले परीक्षणका लागि उपकरण अत्यावश्यक भएको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।

गत शुक्रबारमात्रै भुल्केको नुरी मस्जिदमा लुकेर बस्दै आएका १२ भारतीय मुस्लिम नागरिकमा पहिलोपटक कोरोनाको सङ्क्रमण देखिएको थियो भने मंगलबार भुल्कैकै अरु ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  १२ : २७ बजे

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता

जनताले परिवर्तन चाहेपछि कुनै शक्तिले रोक्न सक्दैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले परिवर्तन चाहेको

सांसदहरूलाई रविले भने : प्रशस्त पानी पिउनुस्, पिसाब रोक्दै नरोक्नुस्  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पिसाबको इन्फेक्सनबाट आफू

एकपछि अर्को नेता मारिएपछि कसले सम्हाल्लान् इरानको नेतृत्व ? यी ५ नाम चर्चामा

तेहरान– अमेरिकी–इजरायली आक्रमणपछि इरानका शीर्ष नेतृत्वमा ठूलो क्षति पुगेको दाबीसँगै

राई–लिम्बु समुदायलाई संसद्मा पुर्‍याउन सकिनँ, माफी चहान्छु : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राई–लिम्बु समुदायको प्रतिनिधित्व