र्‍यापिड टेस्टको नतिजा पोजेटिभ आएपछि थुनामा राख्न ल्याइएका व्यक्ति आइसोलेसनमा भर्ना « Khabarhub

र्‍यापिड टेस्टको नतिजा पोजेटिभ आएपछि थुनामा राख्न ल्याइएका व्यक्ति आइसोलेसनमा भर्ना


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– ज्यान मार्ने उद्योग (प्रयास) गरेको आरोपमा पक्राउ परेका व्यक्तिको र्‍यापिड परीक्षण गर्दा कोरोना संक्रमणको संकेत (एन्टिबडी) पोजेटिभ देखिएपछि उनलाई थुनामा नराखी आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–४ भुतहीका सोगवीर रामको कान काटेको अभियोगमा पक्राउ परेका आरोपितको र्‍यापिड टेस्ट (आरडीटी) गर्ने क्रममा कोरोना संक्रमणको संकेत देखिएको हो ।

आरडीटीका क्रममा एन्टिबडी पोजेटिभ देखिएपछि उनलाई थुनामा नराखी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताए । आरोपित घाइते सोगवीरका भिनाजु हुन् ।

सप्तरीको चनही मल्हनिया घर भई ससुरालीमा घरज्वाइँ बस्दै आएका आरोपित र उनका साला सोगवीरबीच जमिनको विषयमा विवाद रहेको छ । कदमको रुख काट्ने विषयमा सोमबार विवाद हुँदा धारिलो हतियारले सालाको कान छिनिएको हो । आरोपितले घाँटी ताकेर प्रहार गरेको खुकरी छल्दा कान काटिएको घाइतेले बताए ।

छिनिएको कान लिएर उपचारका लागि घाइते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुगेको घाइतेका दाजु रघुवीर रामले बताए ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा दासले आरडीटी पोजेटिभ देखिएका आरोपित ४८ वर्षीय पुरुषको स्वाब परीक्षणका लागि बुधबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइने बताए ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  १ : ४५ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक