आरडीटी पोजेटिभ देखिएका युवकको सम्पर्कमा रहेका व्यक्तिको रिपोर्ट नेगेटिभ « Khabarhub

आरडीटी पोजेटिभ देखिएका युवकको सम्पर्कमा रहेका व्यक्तिको रिपोर्ट नेगेटिभ


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हतुवागढी– भोजपुर जिल्लाको हतुवागढी गाउँपालिकामा कोरोना भाइरसको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)मा पोजेटिभ देखिएका युवकको सम्पर्कमा रहेका परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

उनका बुवा, भाइ र अन्य तीन साथीको बुधबार आरडीटी गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख फणीन्द्र थापाले जानकारी दिए ।

गत फागुन ३० गते साउदी अरबबाट काठमाडौंं आएका ती युवक चैत ११ गते हतुवागढी आइपुगेका थिए । होम क्वारेन्टाइनमा रहेका उनको रिपोर्ट पोजेटिभ देखिएपछि प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारमा रहेको आइसोलेशनमा राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

ती युवकको स्वाब संकलन गरी कोरोना पुष्टिका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको बताइएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  २ : ४७ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक