मन मिल्दा पार्टीमा केही हुँदैन, नमिल्दा प्रतिशतले रोक्दैन : प्रधानमन्त्री ओली « Khabarhub

मन मिल्दा पार्टीमा केही हुँदैन, नमिल्दा प्रतिशतले रोक्दैन : प्रधानमन्त्री ओली


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुसँग छलफल गरेका छन् ।

अध्यक्षद्वयले नेकपाका सांसदहरुसँग बुधवार बालुवाटारमा छलफल गरेको र यो क्रम विहीबार पनि जारी रहने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

पार्टी स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको छलफलमा बुधवार सुदूर पश्चिम प्रदेशबाट सांसदहरुसँग छलफल शुरु भएको हो । प्रदेश नम्बर १ र बागमती प्रदेश हुँदै क्रमश सातवटै प्रदेशका सांसदहरुसँग आज र भोलि छलफल गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

सोमबार जारी भएका दुई अध्ययादेश र कोरोना भाइरसका कारण लगाइएको लकडाउनका विषयमा अध्यक्षद्वयले सांसदहरुलाई प्रस्ट पारिरहेका छन् ।

अध्ययादेशबारे धेरैको चासो

छलफलका क्रममा धेरै सांसदहरुले अध्यादेशबारेमा चासो राखेका थिए ।  त्यसक्रममा प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउनु सामान्य विषय भएको बताएका थिए ।

सांसद निरुदेवी पालका अनुसार प्रधानमन्त्री ओलीले अध्ययादेश नियमित प्रकृया अनुसार आएको र दल विभाजनमा ४० प्रतिशत हुँदा वा नहुँदा फरक नपर्ने बताएको उल्लेख गरिन् ।

मन मिलेमा जतिप्रतिशत भएपनि असर नगर्ने र नमिले जति प्रतिशत भएपनि फुटिहाल्ने धारणा प्रधामन्त्रीले सांसदहरुसँगको छलफलमा राखेका थिए ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले पार्टीमा नेताहरुको मन मिलेमा एकताबद्ध भएर जान सकिने र मन नमिलेमा कानूनले कसिकसाउ गरेमा पनि फुट्ने बताएका थिए ।

सांसद झपट रावलका अनुसार प्रधानमन्त्री ओलीले कसैलाई पनि कानूनले बाँध्न नहुने बताएका थिए । प्रधानमन्त्रीले नेकपालाई लक्षित गरेर राजनीतिक दल सम्बन्धी अध्ययादेश नल्याएको स्पष्ट पारेको सांसद रावलले बताए ।

सांसद रावलका अनुसार कुनै कानून हुँदा जोडिने र नहुँदा फुट्ने खालको कागजको महन नेकपा नभएको प्रधानमन्त्री ओलीले बताएका थिए ।

प्रधानमन्त्रीले ओलीले आफूहरु मन मिल्ने वित्तीकै जोडिएको र नमिल्ने वित्तिकै फुटिहाल्ने नभएको बताएका थिए ।

संवैधानिक निकाय दुई वर्ष भन्दा पनि धेरै समयदेखि रिक्त रहेको र निर्णय गर्न नसकिएको भन्दै संवैधानिक परिषद् सम्बन्धी अध्ययादेश ल्याउनु परेको प्रधानमन्त्री ओलीले बताएका थिए ।

लकडाउन लम्बिने संकेत

सांसदहरुसँगको छलफलमा प्रधामन्त्री ओलीले लकडाउन लम्बिन सक्ने बताएका छन् ।

कोरोना संक्रमणलाई रोक्नका लागि तत्काल भारतसँगको सीमा खुला नहुने प्रधानमन्त्रीले सांसदहरुसँग बताएका थिए । उनले लकडाउनसमेत लम्बिन सक्ने बताएका थिए ।

भारतसँगको नाका तत्काल खेल्ने कुरा छैन र देशमा पनि लकडाउन लम्बिनसक्छ, प्रधानमन्त्रीको भनाइ उदृत गर्दै सांसद पालले भनिन् ।
प्रधानमन्त्री ओलीले भारतमा कोरोना नियन्त्रण नभएसम्म नाकामा कडाइ गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ३ : १९ बजे

क्यानडामा पहिलो हान्ताभाइरस सङ्क्रमण पुष्टि, क्रुज जहाजमा तीन जनाको मृत्यु

ओटावा- क्यानडाको सार्वजनिक स्वास्थ्य एजेन्सी (पीएचएसी) ले हान्ताभाइरसको पहिलो पुष्टि

नेपाल डब्लूएचओको उपाध्यक्षमा निर्वाचित 

काठमाडौं– नेपाल विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को उपाध्यक्षमा निर्वाचित भएको

संसद्‍मा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

काठमाडौं– आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर

इशान र रोहितले अर्धशतक बनाउँदा स्कटल्यान्डविरुद्ध नेपालको सहज जित

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरमा भएको त्रिदेशीय प्रतिस्पर्धाअन्तर्गत

व्यवसायीलाई स्थानीय तहमा कर तिर्ने व्यवस्था मिलाउन हर्कको आग्रह

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले