२५ करोडभन्दा बढी मानिस चरम भोकमरी भोग्दै « Khabarhub

२५ करोडभन्दा बढी मानिस चरम भोकमरी भोग्दै


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस रोग (कोभिड–१९) का कारण वर्ष २०२० को अन्त्यसम्ममा २५ करोडभन्दा बढी मानिस चरम भोकमरीमा पर्ने विश्व खाद्य कार्यक्रमले जनाएको छ ।

सन् २०२० को खाद्य समस्याबारे हालै प्रकाशित प्रतिवेदनअनुसार द्वन्द्व, जलवायु परिवर्तन र आर्थिक समस्याका कारण हाल ५५ देशका १३ करोड ५० लाख मानिस भोकमरी भोगिरहेका छन् ।

कोभिड–१९ महामारीका कारणले यो संख्या वर्षको अन्त्यसम्ममा यसको करिब दोब्बर हुनेछ । महामारी शीघ्र नियन्त्रण गर्न नसकिए मध्यम तथा न्युन आय भएका मुलुकहरूका २६ कारोड ५० लाखभन्दा बढी मानिस चरम भोकमरीमा पर्नेछन् ।

महामारीका कारण भोकमरीको बढी समस्या अफ्रिकी र मध्यपूर्वका देशहरूमा पर्नेछ ।

‘यो नयाँ प्रक्षेपणले भोकमरीको मात्रा कति विनाशकारी छ भन्ने देखाउँछ,’ विश्व खाद्य कार्यक्रममा प्रमुख अर्थशास्त्री आरिफ हुसैनको चेतावनी छ, ‘करोडौँ मानिसहरू आम्दानीका स्रोत र जागिर गुमाएका कारणले खानाको अभाव हुँदा रोग प्रतिरोध क्षमता गुमाउँदैछन् ।’

हुसैनले विकसित देशहरूले आफ्ना नागरिकहरूका लागि जसरी प्रबन्ध गर्दैछन् त्यसैगरी करोडौँ मानिसका लागि गर्नुछ । ठूलो चिन्ता उत्तरपूर्वी नाइजेरिया, दक्षिण सुडान, सिरिया र यमनसहित द्वन्द्वग्रस्त मुलुकका नागरिकहरूको लागि छ जो जबर्जस्ती घर छाडेर शरणार्थी क्याम्पमा पुर्‍याएका छन् ।

‘यी मानिसहरूका बारे म सबैभन्दा बढी चिन्तित छु,’ हुसैनले भनेका छन्, ‘उनीहरूलाई कोभिड–१९ चाहिँदैन, यसै पनि उनीहरूको जीवन एउटा धागोमा झुण्डिएको छ । उनीहरू आफ्नो जीवनका लागि हामी (विश्व खाद्य कार्यक्रम) माथि नै भर परेका छन् । कुनै कारणले हामी पुग्न सकेनौँ भने उनीहरू अन्तिम मूल्य चुकाउन तयार हुनेछन् । हामीले उनीहरूलाई प्राथमिकतामा राखेर त्यहाँ पुग्नैपर्छ । किनभने यदि यो हाम्रो जिम्मेवारी होइन भने अरू कसैको पनि होइन ।’

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ३ : ५१ बजे

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले नयाँ सरकारद्वारा सार्वजनिक

सरकारलाई अदालतको आदेश : पूर्वप्रधानमन्त्री ओलीको उपचारका लागि व्यवस्था गर्नू

काठमाडौं- जिल्ला अदाल काठमाडौंले शनिबार पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा

प्रदेशसभा बैठकमा वातावरण समितिको प्रतिवेदन प्रस्तुत

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘उद्योग, पर्यटन तथा वातावरण समितिको आर्थिक

ब्रिटिश मिडियाको दाबी : अमेरिकी बेसमा हमला गर्न रूसले इरानलाई दिएको थियो स्याटेलाइट सूचना

काठमाडौं- युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले साउदी अरेबियास्थित अमेरिकी सैन्य बेसमा

दुहवीमा भारतीय सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास

काठमाडौं- सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ मा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको