लकडाउनमा बिक्री नभएपछि कैलालीका किसानद्वारा १० हजार कुखुरा नष्ट « Khabarhub

लकडाउनमा बिक्री नभएपछि कैलालीका किसानद्वारा १० हजार कुखुरा नष्ट


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको घोडाघोडीका कुखुरा व्यवसायी पहल देउवाले बजार नपाएपछि चार हजार लेयर्स कुखुरा खाल्डामा गाडेका छन् । देउवाले एक हजार चार सय क्यारेट अण्डा पनि गाडे । ‘मसँग १६ हजार पाँच सय लेयर्स कुखुरा छन् । अण्डा उत्पादनका लागि पालेका कुखुरा अण्डा बिक्री नभएपछि खाल्डोमा गाड्न थालेको छु,’ देउवाले भने, ‘अण्डाले पनि बजार नपाएपछि १४ सय क्यारेट नष्ट गरिसकेको छु ।’ देउवालाई दाना खुवाउन नसकेपछि कुखुरा गाड्नुपर्ने बाध्यता रह्यो ।

जानकी गाउँपालिका–९ का कुखुरा व्यवसायी शिव भाट पनि यतिखेर बजार नपाएर तनावमा छन् । उनीसँग २ सय कुखुरा बिक्रीका लागि तयार छन् । बजार पठाउने समयमा लकडाउन भएपछि उनलाई कुखुरा पाल्न समस्या भएको छ । ‘बजारमा पठाउने तयारी गरेका कुखुरा लकडाउनले बिक्री गर्न पाइएन,’ भाटले भने, ‘दाना पनि खरीद गर्न पाइएन, आजभोलि पूरा आहारा खुवाउन सकिएको छैन ।’ भाटले कुखुराको तौल घट्दै गएको बताए । ‘तीन किलो तौल भएका कुखुराको तौल घटेर दुई किलो भएको छ,’ भाटले भने, ‘ऋण गरेर गरेको व्यवसाय बजार नपाउँदा समस्या भयो ।’

व्यवसायी सन्दीप विकले व्यवसायबाट विस्थापित हुनुपर्ने अवस्था आएकाले सरकारले सामाजिक दूरी कायम गरेर मासु पसल खोल्न दिनुपर्ने माग गरे । ‘मासु पसल र अण्डा बिक्री गर्ने वातावरण मिलाउनुपर्छ,’ विकले भने, ‘ कुखुरा व्यवसायीका बारेमा सरकारले ध्यान नदिने हो भने मासु उत्पादकहरु निरुत्साहित हुन्छन् ।’

कुखुरा तथा अण्डा उत्पादक किसान संघ कैलालीले लकडाउनका बेला तयार भएका १० हजार कुखुरा गाडिसकेको छ । ‘चल्ला भने दैनिक २० हजारसम्म गाडिन्छन्,’ सङ्घका अध्यक्ष भुवन पाण्डेले भने, ‘अहिले कैलालीमा दुई लाख कुखुरा तयार छन्, सरकारले बिक्रीको व्यवस्था मिलाउनुपर्छ ।’

सुदूरपश्चिमको पोल्ट्री व्यवसायमा गरिएको रु ६ अर्ब लगानी लकडाउनका कारण डुब्ने अवस्थामा रहेको पाण्डेले बताए । ‘अबको १५ दिन यस्तै रहे यसको असर ६ महिनासम्म रहन्छ,’ पाण्डेले भने, ‘कुखुरा मात्र होइन, अण्डा, चल्ला पनि नष्ट गर्नु परेकाले समस्या भएको हो । अब उपभोक्ताले मासु खान खोजेमा ६ महिना कम्तीमा कुर्नुपर्छ ।’

कुखरा पालक किसान उत्पादन खपत नभएर समस्या भएको बताउँछन् । ब्रोइलर कुखुरा ४५ देखि ५० दिनभित्र खाइसक्नुपर्छ । यी कुखुरा धेरै दिन राख्न सकिँदैन । कैलालीमा दुई हजार दुई सय संगठित कृषक छन् । असी लेयर्स र दुई हजार १२० ब्रोइलर कुखुरापालक छन् । हरेक कृषकले पाँच सयभन्दा बढी कुखुरा पालेका छन् । त्यसभन्दा कम पाल्नेले संघमा आबद्धता पाउँदैनन् ।

‘किसानले कुखुरा बिक्री गर्न नपाएका मात्र होइनन्, दाना पनि किन्न पाएका छैनन्,’ पाण्डेले भने, ‘घाटा बेहोर्न थालेपछि किसानले कुखुरा खाल्डोमा पुर्न थालेका हुन् ।’
गृह मन्त्रालयले मासु अत्यावश्यक वस्तुभित्रै पर्ने भन्दै ओसारपसार र बिक्रीवितरणमा रोक नलगाउन निर्देशन दिए पनि मासु पसल बन्द भएपछि कुखुरा बिक्रीमा समस्या भएको हो । किसानले कुखुरा कैलालीमा रु दुई सय १० प्रतिकिलोमा बिक्री गर्छन् ।

व्यवसायी बिक्री गर्न तयार भए पनि बजार बन्द रहेकाले मासु खपतमा समस्या भएको टीकापुर नगरपालिकाका पशु प्राविधिक श्यामराज पाण्डेले बताए । ‘व्यवसायीले दैनिक फोन गर्न थालेका छन् तर केही सहयोग गर्न सकिएको छैन,’ पाण्डेले भने, ‘यो देशैभरिको समस्या हो ।’

पाण्डेका अनुसार कैलालीमा मासिक १५ टन(करीब १५० क्विन्टल) मासु उत्पादन हुन्छ । अहिले दैनिक डेढ क्विण्टल( मासिक करीब चार क्विन्टल) पनि बिक्री हुन सकेको छैन । अध्यक्ष पाण्डेले भने, ‘अण्डा दैनिक दुई लाख गोटा उत्पादन हुन्छ । अण्डा बिक्री शून्य जस्तै छ, हामी अहिले दैनिक रु ढाइ लाख घाटामा छौँ ।’

कैलाली मासुमा आत्मनिर्भर जिल्ला हो । यहाँ उत्पादित मासु सुदूरपश्चिम तथा प्रदेश नं ५ का पहाडी जिल्लामा समेत जान्छ । यहाँ उत्पादित अण्डाले भने जिल्लाको ४० प्रतिशत बजार ओगटेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ४ : ०४ बजे

पूर्वी नाकाबाट १६ अर्बको सामान आयात, आठ अर्बको निर्यात

काकरभिट्टा– पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा १६

ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको उद्धार

म्याग्दी – म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२

स्याडो पिक्चर्सले ‘धुरन्धर’ नेपालमा वितरण गर्ने, नेपाली फिल्मलाई विश्वव्यापी ओटिटी प्लेटफर्मको ढोका खुल्यो 

काठमाडौं– नेपाली चलचित्र वितरण क्षेत्रमा द्रुत गतिमा उदाउँदै गएको ‘स्याडो

पुस्तकमा एउटा प्रशासकको बकपत्र- ‘मैले भ्रष्टाचार गरेको छैन’

काठमाडौं– नेपाल वायुसेवा निगमले ०७५ सालमा एयरबस कम्पनीका दुईवटा विमान

सालझण्डी–ढोरपाटन सडक : तीन पटक म्याद थप्दा ६० प्रतिशत काम

बागलुङ– तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको