कोरोना भाइरसको संक्रमणलाई लक्षित गर्दै भारतले नेपाललाई दियो २३ टन औषधि « Khabarhub

कोरोना भाइरसको संक्रमणलाई लक्षित गर्दै भारतले नेपाललाई दियो २३ टन औषधि


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  कोरोना भाइरस (कोभिड १९)को रोकथाम तथा उपचारमा प्रयोग गर्ने गरी भारतले नेपाललाई २३ टन औषधि उपलब्ध गराएको छ ।

भारत सरकारले सहयोग (उपहार) स्वरुप उपलब्ध गराएको औषधिहरु बुधबार नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरे ।

भारतले पारासिटामोलको ३.२ लाख डोज र हाईड्रोक्सिक्लोरोक्वीनको २.५ लाख डोेजसहित गरी कूल ८.२५ लाख डोज अत्यावश्यक औषधिहरु उपलब्ध गराएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको टेलिफोन वार्ताका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको साझा लडाइँमा भारत सधैं नेपालको साथमा रहने प्रतिबद्धता जनाएका थिए ।

प्रधानमन्त्री मोदीकै प्रतिबद्धताअनरुप भारतले कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि आवश्यक पर्ने अत्यावश्यक औषधिहरु नेपाललाई उपलब्ध गराएको राजदूत क्वात्राले उल्लेख गरे ।

दक्षिण एसियाली (सार्क) देशका नेताहरुले कोभिड–१९ को विश्वव्यापी महामारीविरुद्ध लड्न र जनतालाई सुरक्षित राख्न संयुक्त प्रतिवद्धता जनाएका छन् ।

गत चैत २ गते सार्क राष्ट्रका नेताहरुसँग भिडियो कन्फरेन्स गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क कोभिड–१९ आपतकालीन कोषमा १० मिलियन अमेरिकी डलर प्रदान गर्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ४ : १९ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक