फिल्डमा खटिएका स्वास्थ्यकर्मीलाई मौलापुर नगरपालिकाद्वारा तलबको ५० प्रतिशत भत्ता « Khabarhub

फिल्डमा खटिएका स्वास्थ्यकर्मीलाई मौलापुर नगरपालिकाद्वारा तलबको ५० प्रतिशत भत्ता


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर- रौतहटको मौलापुर नगरपालिकाले कोरोना भाइरस नियन्त्रणका लागि फिल्डमा खटिएका स्वास्थ्यकर्मीलाई तलबको ५०% रकम प्रोत्साहन भत्ता दिने भएको छ ।

मौलापुर नगरपालिकाले आफ्नो मातहतका अस्पताल, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रलगायतका स्वास्थ्यसंग सम्बन्धित निकाय तथा क्वारेन्टाइन र आइसोलेसनमा खटेका डाक्टर, हेल्थ असिस्टेन्ट, नर्स, प्यारामेडिक्सलगायतका कर्मचारीलाई प्रोत्साहन भत्ता दिन लागेको हो ।

मौलापुर नगरपालिकाकी प्रमुख रीना कुमारी साहले विषम परिस्थितिमा जोखिम मोलेर काम गर्ने स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन प्रोत्साहन भत्ताको व्यवस्था गरेको बताइन् ।

प्रदेश नम्बर २ मै एक मात्र महिला स्थानीय तह प्रमुख रहेकी नगरप्रमुख साहले भनिन्, “कोरोना भाइरसको महामारी नियन्त्रण गर्न देश नै लकडाउनको स्थितिमा रहेको अवस्था छ । सारा नगरवासी तथा अत्याधिक कर्मचारी घरमा छन् । तर स्वास्थ्यकर्मीहरु भने दिनरात फिल्डमा छन् । कोरोना भाइरस नियन्त्रणका जोखिम मोलेर काम गरिरहेका स्वास्थ्यकर्मीहरु धन्यवादका पात्र हुन् । तर त्यति मात्रले पुग्दैन भन्ने निष्कर्षका साथ उनीहरुको योगदानको कदरस्वरुप नगरपालिकाले तलबको ५०% रकम प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।”

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ५ : ०३ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५