शिक्षकका लागि अनलाइनबाट तालीम | Khabarhub Khabarhub

शिक्षकका लागि अनलाइनबाट तालीम


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) को समयमा पनि शिक्षकका लागि अनलाइनबाट तालिम सञ्चालन गरिएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले ‘भर्चुअल’ माध्यमबाट देशका विभिन्न ठाउँमा रहेका शिक्षकलाई सम्पर्कमा जोडेर प्रविधिमैत्री तालमि सञ्चालन गरेको हो । सङ्गठनको पोखरा महानगर कमिटिले प्रदेश र केन्द्रीय समितिसँग समन्वय गरेर वैशाख ६ गतेदेखि तालिम सञ्चालन गरिरहेको छ ।

बन्दाबन्दीका कारण घरमै बसेका शिक्षकको क्षमता विकासका लागि प्रविधिको प्रयोग गरेर तालीम सञ्चालन गरिएको सङ्गठनका गण्डकी प्रदेश कमिटिका अध्यक्ष सोमनाथ ढुङ्गानाले जानकारी दिए । शिक्षकलाई नवीनतम शिक्षण विधि र प्रविधिको विषयमा विषय विशेषज्ञहरुले घरबाटै प्रशिक्षण दिने व्यवस्था मिलाएको सङ्गठनका महानगर समितिका अध्यक्ष भुवन सुवेदीले जानकारी दिए ।

जुम एप्लीकेशन प्रयोग गरेर हरेक दिन दिउँसो १ बजेदेखि ४० मिनेटसम्म तालीम सञ्चालन गरिएको छ । तालीमको चौथो दिनसम्म ८० शिक्षक यसमा आवद्ध भएका छन् ।

पहिलो दिन प्रविधिमैत्री शिक्षक समाजका महासचिव देवीप्रसाद शर्माले प्रविधिमैत्री शिक्षक र प्रविधिमैत्री विद्यार्थी शीर्षकमा सहजीकरण गरेका थिए । यसैगरी दोस्रो दिन डिजिटल लाइब्रेरीको प्रयोगका विषयमा सुशील उप्रेती, तेस्रो दिन माइक्रोसफ्ट एक्सलको प्रयोगका विषयमा छवी आचार्य र चौथो दिन विद्यालय तहमा खुल्ला शिक्षाको सम्भावना र चुनौतीका विषयमा खुल्ला विश्वविद्यालयका प्राध्यापक डाक्टर लेखनाथ शर्माले प्रशिक्षण दिएका थिए ।

पावर पोइन्ट, मल्टीमिडिया, टेलीटिचीङ आदी माध्यमको विषयमा पनि प्रशिक्षण दिइने सङ्गठनले जनाएको छ । तालीममा सहभागी म्याग्दीका शिक्षक मुक्ति पौडेलले घरमै बसेर नयाँ शिक्षण विधिका बारेमा सिक्ने अवसर पाएकोमा खुशी व्यक्त गरे ।

सङ्गठनका केन्द्रीय अध्यक्ष शङ्कर अधिकारी, नेपाल शिक्षक महासङ्घका सहअध्यक्ष पूर्णप्रसाद दवाडी, प्रदेश इञ्चार्ज झपिन्द्र खत्रीलगायतले शिक्षकका लागि यो तालीम उपयोगी हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ६ : १६ बजे

‘युद्धमा सबैभन्दा पहिले सत्य मर्छ’

कल्पना गर्नुहोस्, कति मूर्ख हुनुपर्छ दुई आणविक शक्ति सम्पन्न देशबीच

आजका लागि फलफूल तथा तरकारीको मूल्य यस्तो छ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

म्याग्दीको प्रभुचेलामा ध्यानका लागि पूर्वाधार निर्माण

म्याग्दी– सामुदायिक ध्यान केन्द्र सञ्चालनका लागि म्याग्दीको मालिका गाउँपालिका– ७

मेचीनगरमा सजिवनको व्यावसायिक खेती

झापा– झापाको मेचीनगर नगरपालिका बहुउपयोगी खाद्य वनस्पति सजिवन (मोरिङ्गा)को व्यावसायिक

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तान- पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ। भारतले आक्रमण गरेको