भारतमा कोरोनाभाइरस संक्रमितको संख्या २० हजार नाघ्यो « Khabarhub

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या २० हजार नाघ्यो


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा बढ्दो क्रममा देखिएको छ ।

बुधबार साँझ समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । आज मात्र थप ३९१ जनामा संक्रमण देखिएसँगै कोरोना संक्रमितको संख्या २० हजार ४७१ पुगेको छ । कोरोनाका कारण थप ७ जनाले ज्यान गुमाएसँगै भारतमा मृत्यु हुनेको संख्या ६५२ पुगेको छ ।

भारतमा  संक्रमितहरूमध्ये ३ हजार ९७६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १५ हजार ८४३ कोरोनाका संक्रमित विरामीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । बुधबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ ।

महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ५ हजार नाघेको छ ।  महाराष्ट्रमा २५१ जना भन्दा बढीको ज्यान गएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज दिएको जानकारीअनुसार कोरोना संक्रमण दोस्रो स्थानमा भारतको गुजरात राज्य रहेको छ ।

गुजरात २ हजार १७८ जनामा कोविड–१९ संक्रमण देखिएको छ । त्यसैगरी भारतको दिल्ली कोरोना संक्रमणको तेस्रो स्थानमा रहेको र यहाँ २ हजार १५६ जनामा संक्रमण देखिएको छ । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । भारतको राजस्थान, तामिलनाडू, मध्यप्रदेश र केरला राज्यमा उच्च संख्या कोरोना संक्रमित रहेका जनाइएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ७ : ५१ बजे

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक