भारतमा कोरोनाभाइरस संक्रमितको संख्या २० हजार नाघ्यो « Khabarhub

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या २० हजार नाघ्यो


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा बढ्दो क्रममा देखिएको छ ।

बुधबार साँझ समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । आज मात्र थप ३९१ जनामा संक्रमण देखिएसँगै कोरोना संक्रमितको संख्या २० हजार ४७१ पुगेको छ । कोरोनाका कारण थप ७ जनाले ज्यान गुमाएसँगै भारतमा मृत्यु हुनेको संख्या ६५२ पुगेको छ ।

भारतमा  संक्रमितहरूमध्ये ३ हजार ९७६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १५ हजार ८४३ कोरोनाका संक्रमित विरामीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । बुधबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ ।

महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ५ हजार नाघेको छ ।  महाराष्ट्रमा २५१ जना भन्दा बढीको ज्यान गएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज दिएको जानकारीअनुसार कोरोना संक्रमण दोस्रो स्थानमा भारतको गुजरात राज्य रहेको छ ।

गुजरात २ हजार १७८ जनामा कोविड–१९ संक्रमण देखिएको छ । त्यसैगरी भारतको दिल्ली कोरोना संक्रमणको तेस्रो स्थानमा रहेको र यहाँ २ हजार १५६ जनामा संक्रमण देखिएको छ । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । भारतको राजस्थान, तामिलनाडू, मध्यप्रदेश र केरला राज्यमा उच्च संख्या कोरोना संक्रमित रहेका जनाइएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ७ : ५१ बजे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय