ई–पार्लियामेन्ट सञ्चालनका लागि माईक्रोसफ्ट टीम्सको प्रयोग गर्न सुझाव « Khabarhub

ई–पार्लियामेन्ट सञ्चालनका लागि माईक्रोसफ्ट टीम्सको प्रयोग गर्न सुझाव


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  ई–प्यार्लियामेन्ट (विद्युतीय रुपमा संसद) सञ्चालन गर्न सक्ने सम्भावनाबारे अध्ययन गर्न गठन गरिएको ७ सदस्यीय समितिले आफ्नो प्रारम्भिक प्रतिवेदन पेश गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) को सन्त्रासका बीच प्रविधिको प्रयोग गरी अनलाइनमार्फत संघीय संसदका गतिविधिहरु सञ्चालन गर्न सकिने सम्भावनाको अध्ययन गर्न गठित समितिले आफ्नो प्रारम्भिक प्रतिवेदन बुझाएको हो ।

ई–पार्लियामेन्ट सञ्चालनको सम्भावना अध्ययन गर्न वैशाख ४ गते संघीय संसद सचिवालयका सचिव (अनुसन्धान) ध्रवप्रसाद घिमिरेको संयोजकत्वमा समिति गठन भएको थियो ।

समितिले आफ्नो प्रारम्भिक प्रतिवेदन बुझाउँदै ई–पार्लियामेन्ट सञ्चालनको लागि माइक्रोसफ्ट टीम्स नामक प्लेटफर्मलाई प्रयोग गर्न सकिने सुझाव दिएको छ ।

तथ्याङ्कहरु चुहिने सम्भावना नभएको तथा सबै प्रकारका अनलाईन तथा साइबर सुरक्षाका सुविधा उपलब्ध भएका कारण माइक्रोसफ्ट टीम्समार्फत ई–पार्लियामेन्ट सञ्चालन गर्न सकिने समितिको सुझाव छ ।

माईक्रोसफ्ट टीम्स अमेरिकी कम्पनी माईक्रोसफ्टले निर्माण गरेको एक भिडियो कन्फ्रेन्सिङ प्लेटफर्म हो । यसबाट ३०० जनाभन्दा बढी प्रयोगकर्ताले एकसाथ प्रत्यक्ष वार्तालाप (भिडियो कुराकानी) गर्न सक्छन् ।

इन्टरनेटको प्रयोगबाट मोबाइल तथा कम्प्युटरमार्फत यो प्लेटफर्ममा आवद्ध भएर भिडियो वार्ता गर्न सकिन्छ ।

संघीय संसदको समितिले दिएको सुझावमा माईक्रोसफट् टीम्समा ३०० भन्दा बढी प्रयोगकर्ताहरुले एकै पटक प्रयोग गर्न सक्ने, रेकर्डिङ, सर्चिङ सुविधा भएको, छलफलको बीचमै दुई वा सोभन्दा बढी सदस्यहरुबीच आपसमा गोप्य छलफल समेत गर्ने लगायतका सुविधाहरु रहेको र डेटा स्टोरेजको समस्या नरहेको, गोप्य भोटिङ गर्न सकिने सुविधा रहेको, फाइल सेयर तथा स्टोर गर्न सकिने, लकडाउनको समयको लागि लाइसेन्स शुल्कमा केही छुट पनि उपलब्ध हुने देखिएको, मोबाइल, डेस्कटप, ल्यापटपमा वेवबाटै सिधै कन्फ्रेसिङ गर्न सकिने लगायतका सुविधा उल्लेख गरी ई–पार्लियामेन्ट सञ्चालनका लागि उक्त प्लेटफर्म उपयुक्त हुने बताइएको छ ।

संघीय संसदको समितिले कार्य प्रारम्भ गरेको १० दिन भित्रै उक्त प्रविधिलाई प्रयोगमा ल्याई ई–पार्लियामेन्ट सञ्चालनमा ल्याउन सकिने पनि जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ७ : ५६ बजे

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव