पेट दुख्यो ? यसरी घरमै गर्नुहोस् उपचार « Khabarhub

पेट दुख्यो ? यसरी घरमै गर्नुहोस् उपचार


९ जेष्ठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल अधिकाशं मानिसमा पेट दुख्नु सामान्य झै बनिसकेको छ । गलत खानपानका कारणले होस् वा गलत जीवनशैली बिभिन्न कारणले मानिसको पेट दुख्ने गर्दछ ।

पेट दुख्नासाथ धेरै मानिस तत्काल कुनै न कुनै औषधिको सेवनले यसलाई निको पार्ने गर्दछन् । तर अहिले कोरोना भाइरसको संक्रमण र यसबाट फैलिएको महामारीका कारण सहजै बजार जान वा औषधि ल्याउन सम्भव नहुन सक्छ ।

यस्तोमा बजारमा पाइने औषधि भन्दा सकेसम्म घरेलु उपाय नै अपनाउनु बुद्धिमानी हुन्छ । त्यसैले हामी कोरोनाको महामारी र लकडाउनको बेला घर भित्रै पेट दुखाई निको पार्ने केहि घरेलु उपायहरु दिँदैछौ ।

तुलसी : बिभिन्न औषधीय गुणयुक्त तुलसी पेट दुखाईको समस्याका लागी लाभकारी मानिन्छ । तुलसीको रस बनाएर एक चम्चा पिउनाले पेट दुखेकोसहित पेट बटारेको समस्याको समाधान हुन्छ ।

त्रिफला : तीन जडिबुटिको मिश्रणले बन्ने त्रिफलाले कब्जियतको समस्यासहित पेट दुखाईमा पनि फाइदा पुर्याउँछ । १ एक सय ग्राम त्रिफलाको चूर्ण र ६० ग्राम चिनि मिसाएर दैनिक २ पटक सेवन गरेमा पेटको सबै समस्याबाट राहत पाउन सकिन्छ ।

बेथुको साग : बेथुको सागले पनि पेट दुखाईको समस्यामा राहत पुर्‍याउँछ । यो सागको सेवनले आमाशयमा शक्ति प्रदान गर्छ र कब्जियतको समस्यमा समेत राहत दिलाउँछ ।

सौंफ : प्राय: माउथ फ्रेसरका रुपमा खाना खाइसकेपछि खाइने सौंफ पनि पेट दुखाईका साथसाथै पेटको समस्यामा राहत दिलाउँछ । पानीमा उमालेर सेलाएपछि यसको पानी पिउँदा वा भुटेको सौंफ चबाएर खादाँ पनि पेट दुखाईबाट राहत मिल्दछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  १० : २२ बजे

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली