बजारमा आयो अनौठो मास्क, नखोली खान मिल्ने « Khabarhub

बजारमा आयो अनौठो मास्क, नखोली खान मिल्ने


९ जेष्ठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको संक्रमणका कारण विश्भर यसको त्रास फैलिएको छ । जसका कारण यसको संक्रमणबाट बच्न मानिसहरु अनेकौं उपायहरु गरिरहेका छन् ।

हरेक दिन नयाँ नयाँ अनुसन्धान हुने गर्दछ । तर अहिलेसम्म यसबाट बच्न कुनै पनि भरपर्दाे विकल्प बनेको छैन । त्यसैले मानिसहरु सामाजिक दुरीमा रहने र मुखमा मास्क लगाउने उपाय अपनाएर कोरोनाको संक्रमण हुनबाट बचिरहेका छन् ।

तर मास्कको प्रयोगले भाइरसको संक्रमणबाट त बच्न सकिन्छ तर यसका कारण केहि कठिनाईको सामना भने गर्नुपर्ने हुन्छ । जस्तोः खाना खादा वा केहि पिउँदा मुखको मास्क पुरा खोल्नु पर्ने हुन्छ । र त्यसबेला कोरोनाको संक्रमण हुने खतरा हुने गर्दछ । तर अब यस समस्याको समाधान समेत भइसकेको छ ।

खासमा इजरायलमा कोरोनाको महामारीबाट बच्न प्रयोग गरिने मास्क एक खास तरीकाले डिजाइन गरिएको छ जसले खाना खादाँ मास्कलाई मुखबाट हटाउनु पर्ने झण्झट हुदैन ।

यो मास्क लगाउँदा मुखको सामुन्नेमा एक प्वाल हुन्छ । जहाँ सेन्सर जडान गरिएको हुन्छ । त्यो प्वाल चम्चा आउनासाथ आफै खुल्दछ । र खाना खान सजिलै चम्चा मुखमा लान सकिन्छ । यसमा भएको सेन्सरका कारण मास्क खोल्न हातको प्रयोग गर्नुपर्दैन यो अटोमेटिक खुल्ने गर्दछ ।

इजरायलमा बनेको यो मास्कको तस्वीर अहिले सामाजिक सञ्जालमा निकै भाइरल छ । यस मास्कको डिजाइनलाई स्रहाना गर्दै धेरैले रुचाएका पनि छन् र यसको माग बढेको छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  १० : ३० बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको