नेपाली खेलकुद कहिले सुरु हुन्छ भन्न सक्ने अवस्था छैन – मन्त्री विश्वकर्मा « Khabarhub

नेपाली खेलकुद कहिले सुरु हुन्छ भन्न सक्ने अवस्था छैन – मन्त्री विश्वकर्मा


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले नोबेल कोरोना भाइरस (कोभिड १९) ले गर्दा रोकिएका खेल गतिविधिहरु कहिले देखि सूचारु हुन्छ भन्ने अहिले अनुमान गर्न नसकिने बताएका छन् ।

कोरोना भाइरसका कारण फागुन अन्तिम सातादेखि नेपालमा खेलकुद गतिविधि बन्द छन् । अन्तिममा रोकिएको शहीद स्मारक बी डिभिजन लिग हो । जुन चैत ५ गतेदेखि स्थगित भएको थियो ।

सुरुमा एक हप्ताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्थगित गरेको थियो भने चैत ११ गतेदेखि देश नैलकडाउनमा गएपछि सबै गतिविधि बन्द छन् ।

लकडाउन गरेको दुई महिना पुग्नै लाग्दा नेपालमा कोरोनाको जोखिम झन बढ्दै गएको छ । तर, लकडाउनमै पनि अन्य मुलुकहरुले खेल गतिविधि सूचारुगरिसकेका छन् ।

यस्तो नेपाली खेलाडीहरुले खेलकुदका लागि नयाँ मापदण्ड बनाएर भएपनि खेलकुद गतिविधि सुरु गर्नु पर्ने माग गरिरहँदा युवा तथा खेलकुद मन्त्री विश्वकर्माले तत्काल यसबारे कुनै योजना नरेहको बताउँछन् ।

‘अहिले हामीले तत्कालका अवस्थामा खेल गतिविधि सुचारु गर्न सकिने भन्ने छैन । तर, लकडाउन सकिएपछि वा कोरोनाको जोखिम कम हुँदै गयो भने व्यवस्थीत तरिकाले खेलकुद सुरु हुनेछ,’ मन्त्री विश्वकर्माले भने ।

कोरोना भाइरसका कारण लामो समय खेलगतिविधि नहुँदा यसले लामो समय असर गर्ने बारे छलफल भइरहेको र त्यसबाट उम्किने उपायको खोजि भइरहेको मन्त्री विश्वकर्माले भने ।

‘कोरोना संक्रमणको महामारले सबै क्षेत्रलाई प्रत्यक्ष असर गरेको छ । खेलकुदका पनि सबै गतिविधि अवरुद्ध छन् । भाइरस कहिलेसम्म रोकिएला भन्ने आकंलन गर्न नसकिएको अवस्थामा भविष्यमा यसले असर गर्छ भन्ने हामीले अनुमान लगाउन सक्छौं,’ उनले भने, ‘त्यसलाई कसरी न्युनीकरण गर्ने भन्नेबारे छलफल भइरहेको छ ।’

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  १० : ५३ बजे

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की– कास्कीको पोखरा महानगरपालिका- ३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट