गुगलले पनि देखाउन थाल्यो नयाँ नक्साअनुसार नेपालको क्षेत्रफल « Khabarhub

गुगलले पनि देखाउन थाल्यो नयाँ नक्साअनुसार नेपालको क्षेत्रफल


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालले यही जेठ ७ गते सार्वजनिक गरेको राजनीतिक तथा प्रशासनिक नक्साअनुसारको क्षेत्रफल गुगल सर्च इञ्जिनले पनि देखाउन थालेको छ ।

सरकारले बुधबार आफ्नो भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितको भूमि समेटेनर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो ।

सोही अनुरुप गुगलले नेपालको नयाँ क्षेत्रफल १ लाख ४७ हजार ५१६ वर्गकिलोमिटर देखाउन थालेको छ ।  यसअघि नेपालको क्षेत्रफल गुगलमा १ लाख ४७ हजार १८१ वर्ग किलोमिटर देखाउने गरेको थियो ।

यही जेठ ५ गतेको मन्त्रिपरिषद् बैठकले नयाँ नक्सा स्वीकृत गरेसँगै जेठ ७ गते भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले कालापानी, लिपुलेक र लिम्पियाधुरा थपेको नयाँ नक्सा सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ११ : ३९ बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज