भारतमा अलपत्र नेपालीको उद्धार गर्न प्रगतिशील नेपाली समाजले ल्यायो अनलाइन फारम « Khabarhub

भारतमा अलपत्र नेपालीको उद्धार गर्न प्रगतिशील नेपाली समाजले ल्यायो अनलाइन फारम


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा हजारौंको संख्यामा अलपत्र नेपालीलाई उद्धार गर्न प्रगतिशील नेपाली समाज समिति भारतले अनलाइन फारम प्रकाशनमा ल्याएको छ ।

समिति पदाधिकारीको बैठकले भारतभर रहेका नेपाली नागरिकको तथ्यांक संकलन गर्न अनलाइन फारम ल्याएको हो ।

समितिको भर्चुअल (अनलाइन) बैठकले संकलन डाटा फारम छिट्टै परराष्ट्र मन्त्रालयलाई पठाउने निर्णय संगठनका अध्यक्ष प्रकाश नेपालीले जानकारी दिए ।

चीनको बुवान शहरबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म विश्वका सबैजसो मुलुकमा फैलिसकेको छ । भाइरसका कारण मानव जातिको अस्तित्व नै संकटमा परेको छ । विश्वभरी लाखौं मान्छेहरुको ज्यान गैसकेको छ भने लाखौंलाख मान्छेहरू संक्रमित छन् करोडौं मान्छेहरु बेरोजगार भएर बसेका छन् ।

भारतमा पनि संक्रमितको संख्या र मृतकको संख्या बढ्दो क्रममा छ । यो समस्यामा परेकालाई व्यवस्थापन गर्न प्रगतिशील नेपाली समाज समिति भारतले यो प्रयास थालेको समितिका प्रवक्ता गोकुल भुजेलले जानकारी दिए ।

यतिबेला कोरना भाइरस विरुद्ध भारत लगायत विश्व सबैजसो राष्ट्रहरु भाइरससंग लडिरहेका छन् भारतमा दिनप्रतिदिन बढिरहेको कोरोना महामारीको प्रकोप र नेपाली समुदायले भोग्नु परेको पीडा, समस्याहरुलाई नेपाल सरकारले वास्ता नगर्दा कष्ट र चुनौतिसँग लडिरहेका लाखौ नेपाली नागरिकहरुको दिनचर्या नाजुक बन्दै गएको छ ।

कोरोना महामारीको चपेटाबाट सिर्जना भएको मानव बिपत्तिको सन्-त्रास र अझै दुबै देश बिच उत्पन्न सिमा विवादको बढ्दो तनावले भारतमा बस्ने लाखौ नेपाली नागरिकहरु माझ थप सम्भावित उत्पन्न दु:ख – कष्टलाई समेत मध्येनजर गर्दै संगठनको तर्फबाट इन्टरनेटको साहयताले यी सम्भावित सबै कुराहरु माथी हाम्रो संगठनको नजर बनाइराख्न अर्थात् आगामी दिनमा भारतमा बस्ने नेपाली समुदाय माथी आउने सबैखाले समस्याको समाधान खोज्न सजिलो होस् भन्ने हेतुले हाम्रो संगठनले अनलाइन मार्फत भरेर आफुभित्र परेको सबै खाले समस्या, आफू बसेको स्थान र चाहिने सहयोग स्पष्ट राख्न सक्ने गरि एक सफ्टवेयरको बिकास गरेका समितिले जनाएको छ ।

समितिले तयार पारेको अनलाइन फारमका लागि यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  १२ : ०१ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल