कैलालीका तीन जना संक्रमित मध्ये एक जना भारतबाट आएको खुल्यो « Khabarhub

कैलालीका तीन जना संक्रमित मध्ये एक जना भारतबाट आएको खुल्यो


९ जेष्ठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- शुक्रबार कोरोना संक्रमण पुष्टि भएका कैलालीका तीन जना मध्ये एक जना भारतबाट, एक नेपालगञ्ज र अर्का इटहरीबाट आएको खुलेको छ ।

कैलालीको जानकी गाउँपालिका १ मा रहेको सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।

जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीका अनुसार कोरोना पुष्टि हुनेमा इटहरीबाट वैशाख ३० गते आएका जानकी गाउँपालिका ७ जवलपुरका १९ वर्षीय युवक छन्।

त्यस्तै वैशाख १ गते भारतको महाराष्ट्रबाट आएका जानकी गाउँपालिका ४ कञ्चनपुरका २६ वर्षीया पुरुष र वैशाख १ गते बाँकेको नेपालगञ्जबाट आएका जानकी गाउँपालिका ७ मोतिनगरका २१ वर्षीय पुरुष रहेका छन् ।

तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

धनगढीस्थित प्रयोगशालामार्फत गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो। योसँगै बैतडी र डडेल्धुराका दुईजना युवामा समेत कोरोना पुष्टि भएको छ।

यसअघि सुदूरपश्चिमका ५ जना कोरोना पुष्टि भएकोमा उनीहरु सबै उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  ५ : ३८ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको