बैतडीका कोरोना संक्रमित थुनामा रहेका युवा, प्रहरी कार्यालय सिल « Khabarhub

बैतडीका कोरोना संक्रमित थुनामा रहेका युवा, प्रहरी कार्यालय सिल


९ जेष्ठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका बैतडीका एक जना प्रहरी हिरासतमा रहेका युवा भएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । शिवनाथ गाउँपालिका २ का ती पुरुष गत चैत ६ गते भारतको नयाँ दिल्ली गुडगाउँबाट नेपाल आएका थिए ।

एक किशोरीको मृत्यु प्रकरणमा उनी पक्राउ परेका थिए । ती युवकको धनगढीमा थ्रोट स्वाब परीक्षणपछि कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए ।

उनले भने, ‘प्रहरीको हिरासतमा रहेका २२ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई जिल्ला अस्पतालको आइसोलेसनमा राख्ने तयारी भएको छ । ती युवकको स्वास्थ्य अवस्था समान्य रहेको बुझिएको छ ।’

कर्तव्य ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका युवकमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गरिएको छ ।

हिरासतमा रहेका युवकमा कोरोना पुष्टि भएपछि कन्याक्ट ट्रेसिङको काम समेत शुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  ५ : ५२ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको