रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा « Khabarhub

रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार रातिको खेलमा रियल सोसीडाडलाई उसैको घरेलु मैदानमा २-१ गोल अन्तरले हराउँदै मड्रिड शीर्ष स्थानमा उक्लिएको हो ।

मड्रिडका लागि दोस्रो हाफको ५० औँ मिनेटमा पाएको पेनाल्टीलाई कप्तान सर्जियो रामोसले गोलमा परिणत गर्दै सुरुवाती अग्रता दिलाए ।

खेलोको ७० औँ मिनेटमा मड्रिडले दोस्रो तथा निर्णायक गोल गर्‍यो  । उसका लागि करीम बेन्जेमाली पेनाल्टी क्षेत्रबाट गोल गरेका थिए । उनले गरेको गोल नै मड्रिडका लागि निर्णायक सावित भयो ।

८३ औं मिनेटमा घरेलु टोली सोसीडाडले सान्त्वना गोल गर्‍यो । मिकेल मेरिनोले गोल गर्दै खेलमा फर्कने प्रयास गरे पनि त्यो पर्याप्त हुन सकेन र अन्ततः मड्रिडले खेल २-१ ले जीतेको छ ।

यस जीतसँगै शीर्ष स्थानमा पुगेको मड्रिडको ३० खेलबाट ६५ अंक भएको छ । बार्सिलोनासँग समान अंक भए पनि मड्रिड हेड टु हेडमा अगाडी रहेको छ । सोसीडाड भने ३० खेलमा ४७ अंकसहित छैठौँ स्थानमा छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ५ : २५ बजे

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर

निफमा ‘रसियन फिल्म डेज’ हुने, यी चार फिल्म स्क्रिनिङ हुँदै

काठमाडौं – चैत १९ देखि २३ सम्म हुन लागेको नवौं

नेप्से परिसूचक २३ अंकले बढ्यो

काठमाडौं– यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज

वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान

वीरगञ्ज– पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीले पोखराको पर्यटन प्रवर्द्धनका लागि

हर्क भन्छन् : रास्वपालाई चाहिए दुईतिहाइ पुर्‍याइदिन्छौँ, सरकारमा जाने म्यान्डेट छैन

काठमाडौं- श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशका लागि राम्रो काम