स्याङ्जा र नवलपरासी पूर्वका २० जनामा कोरोना संक्रमण, गण्डकीमा संक्रमित संख्या ५४० पुग्यो « Khabarhub

स्याङ्जा र नवलपरासी पूर्वका २० जनामा कोरोना संक्रमण, गण्डकीमा संक्रमित संख्या ५४० पुग्यो


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४० पुगेको छ ।

प्रदेश निर्देशनालय गण्डकीले सोमबार बिहान जारी गरेको बिज्ञप्ति अनुसार स्याङ्जामा १२ र नवलपरासी पूर्वका ८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४० पुगेको हो ।

संक्रमित हुनेहरूमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका ७ वर्षका ३ बालकसहित ८ जना पुरूष र ६ वर्षकी एक बालिका र १ महिला तथा कालिगण्डकी गाउँपालिकाका १४ वर्षीय बालक र ४८ वर्षका पुरूष छन् ।

यस्तै नवलपरासी पूर्वको बौदिकाली गाउँपालिकाका १८ देखि ५० वर्ष उमेर समूहका ८ जना पुरूष रहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

संक्रमित सबै भारतबाट फर्किएको खुलेको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ७ : ४० बजे

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग

मुक्तिक्षेत्रमा भारी हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ।