खाद्य कम्पनीले बेच्न थाल्यो बाल्ट्राको इन्डक्सन चुल्हो « Khabarhub

खाद्य कम्पनीले बेच्न थाल्यो बाल्ट्राको इन्डक्सन चुल्हो


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले बाल्ट्रा कम्पनीको विद्युतीय चुल्हो बिक्री गर्न थालेको छ ।

उपभोक्ताको माग भएको हुँदा बाल्ट्रा कम्पनीको इन्फ्रारेड चुल्हो बिक्री गर्न लागेको खाद्य व्यवस्था तथा ब्यापार कम्पनीका महानिर्देशक नेत्र सुवेदीले बताए ।

यति बेला भारतीय कम्पनीको चुल्हो स्थानीय ब्यापारीसँग खरिद गरेर बिक्री गर्न लागेको उनले जानकारी दिए।

चुल्होको मूल्य ४ हजार रुपैयाँ रहेको छ । कम्पनीले यस अघि पनि ४ हजार रुपैयाँ पर्ने इन्डक्सन चुल्हो बिक्री गरेको थियो ।

कम्पनीले अनुदानमा आएको चुल्हो बिक्री भइसकेपछि बजारको अवस्था हेरेर चीनसँग आयात गर्ने तयारी गरिरहेको कम्पनीका नायव महाप्रबन्धक श्रीमणि खनालले बताए ।

भूकम्पकोपछि २०७२ मा चिनियाँ सरकारले नेपाललाई अनुदान दिएको चुल्होहरू कोरोना महामारी सुरु भएपछि बिक्री भएको थियो ।

यसैगरी कम्पनीले स्वदेशी ह्यान्ड स्यानिटाइजर समेत बिक्रीका लागि राखेको छ । जडिबुटी प्रशोधन कम्पनीले उत्पादन गरेको स्यानिटाइजर बिक्री गर्ने सम्झौता गरेको छ ।

यसैगरी कम्पनीले लकडाउन अवधिभरका लागि खाद्यान्नमा दिएको १० प्रतिशत छुटको अफर भने हटाएको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  १० : ३३ बजे

फेरि विवादमा गृहमन्त्री : आलोचनापछि हटाए स्टोरी, रक्षा बमले दिइन् कडा चेतावनी

काठमाडौं- सुधन गुरूङ को सामाजिक सञ्जाल अभिव्यक्तिलाई लिएर विवाद चर्किएको

अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई आर्थिक समस्या परेको छ

अकल्पनीय परिवर्तनको साक्षी २०८२ : युवाको अग्निपरीक्षा

काठमाडौँ । वर्ष २०८२ ले तीनवटा सरकार झेलेको छ ।

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्

मन्त्रीहरूको सम्पत्तिबारे पूर्वअर्थमन्त्री खनाल भन्छन् : विश्वास गर्न सकिने देखिएन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको