बस्दा वा सुत्दा खुट्टा हल्लाउने बानि पनि रोग ! « Khabarhub

बस्दा वा सुत्दा खुट्टा हल्लाउने बानि पनि रोग !


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कतिपय मानिसमा बस्दा वा सुत्दा खुट्टा हल्लाई रहने बानि हुन्छ ।

धेरै मानिसले यसलाई एक प्रकारको बानि मात्र ठानेर वेवास्ता गर्दछन् । तर यो बानिमात्र नभएर एक प्रकारको रेस्टलेस सिन्ड्रोमको लक्षण हो ।

के हो रेस्टलेस सिन्ड्रोम ?
रेस्टलेस सिन्ड्रोमएक प्रकारको स्नायु प्रणालीको रोग हो । खासमा खुट्टा हल्लाउँदा शरीरमा डोपामाइन हर्मोन उत्पादन हुन्छ । जसकारण व्यक्तिलाई घरिघरि हल्लाउन मन लागिरहन्छ । खासमा डोपामाइनले मानिसको मष्तिकमा सुखको अनुभूति दिलाउँछ ।

विशेषतः शरीरमा आइरनको कमी भएमा यो सिन्ड्रोम देखापर्छ । यो ३५ वर्षभन्दा माथिका उमेरका मानिसमा बढि मात्रामा हुने गर्दछ । तर कतिपय अवस्थामा गर्भवती महिलाहरू, अत्यधिक रक्सी सेवन गर्ने, रुघा वा एलर्जीको औषधि खाने मानिसमा पनि यो सिन्ड्रोमको देखा पर्दछ ।

कसरी पाउने रेस्टलेस सिन्ड्रोमबाट छुटकारा ?
खासमा यो रोग जसलाई हामीले एक बानि मात्र ठानेका छौ यसबाट छुटकारा पाउन हाम्रो जीवनशैलीलाई व्यवस्थित बनाउनुपर्छ ।

यो समस्याबाट छुटकारा पाउन निम्न कुरा अबलम्बन गर्नुपर्छ :

१. रक्सी, क्याफिन र चुरोट खान छाड्नुस् ।
२. नियमित समयमै र पर्याप्त सुत्नुहोस् ।
३. सुत्नुअघि केहिबेर खुल्ला हावामा घुम्नुहोस् ।
४. तर सुत्नुअघि कठिन व्यायाम नगर्नुस् ।

घरेलुउपाचार
१. राति सुत्नुअघि गाईको दूध तताएर त्यसमा अलिकति जाइफल हालेर पिउनुस् ।
२. सुत्नुअघि बदामको तेल वा अरु उपलब्ध तेलले खुट्टाको मालिश गर्नुस् ।
३. हप्तामा दुई पटक ९० मिनेटको योग गर्नुहोस् यसले पनि राम्रो निन्द्रा पार्दछ ।
४. रेस्टलेस लेग सिन्ड्रोमबाट बच्न वृक्ष मुद्रा लगायतका योगासन गर्नुहोस् ।
५. शरीर र खुट्टाको नियमित मालिश गरेमा पनि रेस्टलेस लेग सिन्ड्रोमबाट राहत पाइन्छ ।
६. हप्तामा दुईचोटि ४५ मिनेट खुट्टाको मसाज गर्दा राम्रो निन्द्रा आउँछ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  १० : ५१ बजे

आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद् सचिवालय नेतृत्वको औपचारिक घोषणा 

काठमाडौं- नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले आफ्नो २१ सदस्यीय

भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले सुरु गर्‍यो पत्रकार लेखनवृत्ति कार्यक्रम

गण्डकी– गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको प्रेस रजिष्ट्रारको कार्यालयले पत्रकार लेखनवृत्ति

गुरुङ समुदायमा ट्होटेँको उल्लास

गण्डकी– गण्डक क्षेत्रका गुरुङ समुदायले आफ्नो पुस्तैनी पर्व ट्होटेँलाई आज

क्षतिग्रस्त बीपी राजमार्ग र रोशी पुगे गृहमन्त्री (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ मंगलबार आफ्नो टोलीसहित काभ्रेको रोशी खोलाको