अर्घाखाँचीमा एकैदिन ३० जनाले जिते कोरोना संक्रमण « Khabarhub

अर्घाखाँचीमा एकैदिन ३० जनाले जिते कोरोना संक्रमण


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची-सन्धिखर्क नगरपालिका १ हटारिनेटाको आइसोलेशनमा रहेका ३० जना कारोना सङ्क्रमित उपचारपछि निकाे भएका छन् ।

सन्धिखर्क नगरपालिका ६ नरपानीका १३, वडा नम्बर ७ खाँचीकोटका १५, पाणिनि गाउँपालिका ७ का एक जना र शीतगङ्गा नगरपालिका १० का एक जना गरी ३० जनाले कोरोना जितेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए ।

आज सङ्क्रमणमुक्त हुनेमा दुई जना महिला र २८ जना पुरुष रहेका छन्, उनीहरु सबै भारतबाट फर्किएका व्यक्ति हुन् ।

भारतबाट फर्किएर पालिकाले बनाएका क्वरेण्टीनमा बसेकाहरुको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

उनीहरु जेठ १० गते भूमिकास्थान नगरपालिका ९ का ३४ वर्षीय पुरुषसँगकाे सम्पर्कमा आएका व्यक्ति हुन् । ती पुरुषकाे नेपाल आउने क्रममा बाटोमा मृत्यु भएको थियो । गएको जेठ १८ गते उनको सम्पर्कमा आएका र उनीसँगै आएकाहरुको स्वाब परीक्षणकाे लागि पठाइएको थियो ।

अर्घाखाँचीमा काेरोना सङ्क्रमितको सङ्ख्या दुई सय ३९ पुगेको छ । कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ७ : ०९ बजे

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा– सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र

पर्वहरूले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच