सडक नबनाएको विरोधमा दक्षिणकालीका बासिन्दाले रोपे सडकमै धान ! « Khabarhub

सडक नबनाएको विरोधमा दक्षिणकालीका बासिन्दाले रोपे सडकमै धान !


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिणकाली नगरपालिका वडा नम्बर ३ का स्थानीयहरुले सडक मर्मत तथा कालोपत्र नभएकोमा विरोध जनाउँदै सोमबार सडकमै रोपाइँ गरेका छन्।

सडकमा कालोपत्र, कुलो आदि निर्माण नगरिएको भन्दै विरोधस्वरुप उनीहरुले सडकमै रोपाइँ गरेका हुन्। सडक निर्माणको लागि नगर प्रतिनिधि तथा नगरपालिकालाई भने पनि त्यसको सुनुवाइ नभएको उनीहरुले गुनासो गरेका छन् ।

करिब २५ जना स्थानीय युवा, वृद्ध, महिला लगायतका स्थानीय विरोध कार्यक्रममा सहभागी भएका थिए ।

उनीहरुले सडकमा धान रोपौं कि माछा पालौं, जनप्रतिनिधको पाराले दुःख पाए साराले, बजेट खल्तीलाई हो कि सडकलाई लगायतका नारा लेखिएका प्लेकार्ड समेत बोकेका थिए।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ५ : २७ बजे

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६