सडक नबनाएको विरोधमा दक्षिणकालीका बासिन्दाले रोपे सडकमै धान ! | Khabarhub Khabarhub

सडक नबनाएको विरोधमा दक्षिणकालीका बासिन्दाले रोपे सडकमै धान !


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिणकाली नगरपालिका वडा नम्बर ३ का स्थानीयहरुले सडक मर्मत तथा कालोपत्र नभएकोमा विरोध जनाउँदै सोमबार सडकमै रोपाइँ गरेका छन्।

सडकमा कालोपत्र, कुलो आदि निर्माण नगरिएको भन्दै विरोधस्वरुप उनीहरुले सडकमै रोपाइँ गरेका हुन्। सडक निर्माणको लागि नगर प्रतिनिधि तथा नगरपालिकालाई भने पनि त्यसको सुनुवाइ नभएको उनीहरुले गुनासो गरेका छन् ।

करिब २५ जना स्थानीय युवा, वृद्ध, महिला लगायतका स्थानीय विरोध कार्यक्रममा सहभागी भएका थिए ।

उनीहरुले सडकमा धान रोपौं कि माछा पालौं, जनप्रतिनिधको पाराले दुःख पाए साराले, बजेट खल्तीलाई हो कि सडकलाई लगायतका नारा लेखिएका प्लेकार्ड समेत बोकेका थिए।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ५ : २७ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड