लेखा समितिमा सांसदको प्रश्न- स्वास्थ्य सामग्री खरिदको ठेक्का रातारात ओम्‍नीलाई किन ? | Khabarhub Khabarhub

लेखा समितिमा सांसदको प्रश्न- स्वास्थ्य सामग्री खरिदको ठेक्का रातारात ओम्‍नीलाई किन ?


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सांसदहरुले स्वास्थ्य सामग्री खरिदको जिम्मा ओम्नी समूहलाई देखाएको हतारले अनियमितता भएको आशंका जन्माएको बताएका छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा उनीहरुले ओम्नीलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिनका लागि चैत १२ गते भएका बैठकका श्रृंखलाले अनियमितताको आशंका जन्माएको धारणा राखेका हुन् ।

रातारात ओम्नी समूहलाइ नै किन स्वास्थ्य सामग्री खरिद गर्न दिइयो भन्दै उनीहरुले प्रश्न समेत गरेका थिए ।

छलफलमा नेकपाका सांसद बिरोध खतिवडाले १२ गते रातीभर बैठक बसेर ओम्नी समूहलाई स्वास्थ्य सामग्री खरिद गर्न दिनुले आशंका उब्जिएको बताए ।

त्यस्तै कांग्रेस सांसद डा मिनेन्द्र रिजालले स्वास्थ्य सामग्री खरिदको जिम्मा ओम्नी समूह दिने बिषयमा चित्तबुझ्दो जवाफ आउन नसकेको बताए । उनले प्रारम्भिक छलफलमा नै सहभागी नभएकालाई ठेक्का दिएको विषय सन्देशपूर्ण रहेको धारणा राखे ।

जनता समाजवादीका सांसद प्रदिप यादवले स्वास्थ्य सामग्री खरिदमा सार्वजनिक खरिद प्रणालीको धज्जी उडाएको र यसमा मन्त्रीसम्मको संलग्नता रहेको देखिएको बताए ।

बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले प्रदेश र स्थानीय तहहरूलाई विनियोजन गरेकोबारे जानकारी दिएका थिए ।

बैठकमा स्वास्थ्य सचिव लक्ष्मण अर्याल र स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्ररमन सिंहले आफूहरु भर्खरमात्र जिम्मेवारी सम्हालेकाले धेरै जानकारी नभएको जवाफ दिएका थिए ।

समितिले चैत दोस्रो सातामा भएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि ओम्नी समूहले खरिद गरेको सामग्रीमा अनियमितता भएको भन्ने सार्वजनिक भएको विषयमा सरोकारवाला अधिकारीहरुसग छलफल गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओम्नी समूहसँग सामान खरिद गर्दा स्वास्थ्य विभागका महानिर्देशकलाई बाइपास गरेर सम्झौता गरेको थियो ।

स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमिता भएको भन्दै चर्को विरोध भएपछि सरकारले चैत २० गते ओम्नीसँग गरेको सम्झौता रद्द गरेको थियो । त्यसपछि सरकारले स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएको थियो ।

सोमवारको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, प्रधानमन्त्री कार्यालयका सचिव र स्वास्थ्य विभागमा महानिर्देशकलाई समितिमा बोलाइएको थियो ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ७ : ५६ बजे

सहकार्यतिर विप्लव, जनार्दन र घनश्याम : वाम ध्रुवीकरणदेखि नयाँ पार्टी निर्माणसम्मै पुग्ने

काठमाडौं- नेकपा माओवादी केन्द्रका पूर्वउपमहासचिव जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादी

अहिले देशमा निर्वाचनको वातावरण बन्न नसके पनि एकदिन निर्वाचन हुनै पर्छ : विप्लव

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले कम्युनिष्टहरुलाई

अर्थमन्त्रीले भने- राजस्व चुहावटमा देखिएको कमजोरी आपसी समन्वयबाट समाधान गर्नुपर्छ

वीरगञ्ज– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व चुहावटमा देखिएका कमीकमजोरी सरोकार भएका निकायसँग

लगानी, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्य गर्न चिनियाँ व्यवसायीलाई मल्लको आग्रह 

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले लगानी,

लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु

लमजुङ– लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ