पाल्पामा पहिरोले सवारीसाधन बगायो, २ जनाको शव फेला « Khabarhub

पाल्पामा पहिरोले सवारीसाधन बगायो, २ जनाको शव फेला


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- पाल्पाको तानसेन रिडी खण्डमा पहिरोले सवारी साधन बगाउँदा २ जनाको शव फेला परेको छ ।

एक जना गम्भीर घाइते भएकाको उद्धार गरेर थप उपचारका लागि अस्पताल पठाइएको छ । रिडी-तानसेन सडक खण्डको सम्मोबारी नजिकै गएको पहिरोले केही सवारी साधन समेत बगाएको जनाइएको छ ।

अहिले घटनास्थलमा नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित उद्धारकर्मीहरु पुगेका छन् ।

पहिरोमा चार वटा सवारी साधन पुरिएको आशंका गरिएको छ। प्रहरी, स्थानीयवासी र नेपाली सेना उद्धारमा खटिएका छन्।

शुक्रबार रातभर आएको अविरल वर्षाका कारण खसेको पहिरोले सडकमा गुडिरहेका पानी ट्यांकर, ट्रक र पिकअप जिप, मोटरसाईकल बगाएको र कार बाटोमै पुरिएको छ।

सडक तलबाट दुई जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

मृतकहरुको पहिचान खुल्न सकेको छैन्। घटनास्थमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्दारमा खटिएका छन् ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ६ : १७ बजे

चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी

चितवन– चितवन कारागार कार्यालय चितवन बिरामी कैदीबन्दीको पहिलो रोजाइमा पर्दै

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

म्याग्दी– मालिका गाउँपालिका–७ प्रभुचेला ‘योगध्यान केन्द्र’का रूपमा विकास भएको छ

तीनवटा सवारीसाधन ठोक्किँदा १२ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा तीनवटा सवारीसाधन एकआपसमा

एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा

इलामको सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

इलाम– सूर्योदय नगरपालिकामा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरुआत गरिएको