मंगलबार काठकाडौंमा विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने « Khabarhub

मंगलबार काठकाडौंमा विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले मङ्गलबार काठमाडौँका विभिन्न स्थानमा लाइन काट्ने भएको छ ।

प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्नुपर्ने भएकाले विद्युत् काटिन लागेको हो ।

प्राधिकरणको सूचनामा भनिएको छ, “महाराजगञ्ज वितरण केन्द्रको गणेशथान फिडरबाट वितरीत लाइन बूढानीलकण्ठ नगरपालिका–२ गणेशचोकको जीर्ण एच टी लाइनको पोल परिवर्तन गर्नुपर्ने भएकाले मङ्गलबार लाइन काटिनेछ ।”

प्राधिकरणका अनुसार मध्याह्न १२ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् काटिनेछ । प्राधिकरणका अनुसार सो उक्त फिडरअन्तर्गत घुम्ती, धापासी, च्यासिन्टोल, हात्तिगौंडा, बालुवाडीपो, हेपालीलगायतका क्षेत्रमा विद्युत् काटिनेछ ।

प्राधिकरणले ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै कार्य निर्धारित समयअगावै सम्पन्न भएमा सो समयभन्दा अगावै लाइन सञ्चालनमा आउने जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ७ : २८ बजे

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको