मंगलबार काठकाडौंमा विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने « Khabarhub

मंगलबार काठकाडौंमा विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले मङ्गलबार काठमाडौँका विभिन्न स्थानमा लाइन काट्ने भएको छ ।

प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्नुपर्ने भएकाले विद्युत् काटिन लागेको हो ।

प्राधिकरणको सूचनामा भनिएको छ, “महाराजगञ्ज वितरण केन्द्रको गणेशथान फिडरबाट वितरीत लाइन बूढानीलकण्ठ नगरपालिका–२ गणेशचोकको जीर्ण एच टी लाइनको पोल परिवर्तन गर्नुपर्ने भएकाले मङ्गलबार लाइन काटिनेछ ।”

प्राधिकरणका अनुसार मध्याह्न १२ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् काटिनेछ । प्राधिकरणका अनुसार सो उक्त फिडरअन्तर्गत घुम्ती, धापासी, च्यासिन्टोल, हात्तिगौंडा, बालुवाडीपो, हेपालीलगायतका क्षेत्रमा विद्युत् काटिनेछ ।

प्राधिकरणले ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै कार्य निर्धारित समयअगावै सम्पन्न भएमा सो समयभन्दा अगावै लाइन सञ्चालनमा आउने जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ७ : २८ बजे

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज

श्रीलङ्काका प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री पौड्यालको भेट

काठमाडौँ – परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले श्रीलङ्काका प्रधानमन्त्री दिनेश

सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण थालियो

जाजरकोट – ज्येष्ठ नागरिक तथा शारीरिकरुपमा अशक्तलाई बैंकसम्म आएर भत्ता

वडाले जग्गा लिजमा लिएर किसानलाई दिने

दाङ – जिल्लाको तुलसीपुर उपमहानगरपालिका–११ ले वडाका गरिब परिवारलाई लिजमा

गहुँ सुक्न थालेपछि कृषक चिन्तित

ढोरपाटन – गत वर्ष यति बेला खेत बारीमा लगाइएका गहुँ