चीनका क्रुर शासकद्वारा इतिहास कब्जा गर्न लोकतन्त्रविरुद्धको तियानमेन नरसंहार ! « Khabarhub

चीनका क्रुर शासकद्वारा इतिहास कब्जा गर्न लोकतन्त्रविरुद्धको तियानमेन नरसंहार !


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनको राजधानी तियानमेन स्क्वायरमा लोकतन्त्रको पक्षमा प्रदर्शन हुँदा गरिएको दमनको ३१ वर्ष पूरा भएको छ ।

१९८९ को जुन ३ र ४ मा प्रदर्शनकारीमाथि गरिएको चरम दमनलाई चीनभित्र स्मरण गरिँदैन । कसैले यसको स्मरणमा कुनै कार्यक्रम गर्न वा सामाजिक सञ्जालमा केही कुरा राखेमा सरकारले कारबाही गर्छ । यसबारेमा अनुगमन गर्न सरकारले १० हजारभन्दा बढी मासिनलाई गुप्त ढंगले खटाउने गरेको छ ।

यदि कसैले यो घटनालाई लिएर कुनै कार्यक्रम गरेमा उसलाई साढे तीन वर्षसम्मको जेल सजायको प्रावधान राखिएको छ । तर, यस नरसंहारअघि लोकतन्त्रको पक्षमा आन्दोलन गरेका लुन झाङ त्यो समय युवा थिए र आफूले चीनको जागरणमा सहभागी भइरहेको महसुस गरेको सम्झन्छन् ।

उनले त्यो नरसंहारलाई ग्राफिक उपन्यासमा समेटेका छन् । जसमा उनले त्यहाँका लोकतन्त्रका पक्षधरमाथि प्रहरी र चिनियाँ अधिकारीहरुको क्रुरतापूर्ण जंगली व्यवहारको चित्रण गरेका छन् ।

बेइजिङको तियानमेन स्क्वायरमा भएको ठूलो प्रदर्शन रोक्नको लागि सुरक्षाबलले गोली प्रहार गरेको थियो । झाङ भने त्यस समय अर्को विद्रोहमा सहभागी हुन ग्रामिण क्षेत्रमा पुगेका थिए ।

सन् १९८९मा बेइजिङको तियानमेन चोकमा विद्यार्थी र मजदूर प्रदर्शनमा सहभागी थिए । तर चीनको बामपन्थी शासनले ३ र ४ जुनको बीचमा उनीहरुलाई दबाएको थियो । अप्रिल महिनामा सुरु भएको सो आन्दोलन जुन ३ र ४ तारेखको बीचमा बेइजिङ नरसंहारमा परिणत भएर अन्त्य भएको थियो ।

यो विषयको रिपोर्टिङ गर्न चीनमा त्यतिबेला व्यापक सेन्सर गरिएको थियो । यसबारेमा चीनमा अहिले पनि कोही बोल्न चाहँदैनन् । झाङ नरसंहारपछि जीवन जोगउन हङकङ पुगेका थिए । त्यहाँबाट उनी फ्रान्स गए । अहिले उनी फ्रान्समै छन् र विभिन्‍न माध्यमबाट त्यो नरसंहारको विषयमा मानिसहरुलाई जानकारी गराउँछन् र दस्तावेजहरु तयार गरिरहेका छन् ।

सो प्रदर्शनमा १० लाखभन्दा बढी मानिस तियानमेन चोकमा भेला भएको र सबैमानि डोजर चलाएको बताइने गरेको छ । सो प्रदर्शन विश्वविद्यालयहरुमा समेत हुन थालेको थियो । प्रदर्शनकारीले तानाशाही समाप्तिको माग गरेका थिए ।

उनीहरुले महंगी बढेको, तलब कम दिइएको जस्ता आरोप लगाएका थिए । यही क्रममा जुन ३ राति सुरक्षाबल टैंकर लिएर तियानमेन चोक पुगेर त्यहाँ रहेका मानिसमा गोलाबारुद बर्षाएका थिए । त्यसमा कैयौं निहत्था मानिस मारिनुका साथै घाइते भएका थिए ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  १२ : ४० बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति