काठमाडौं- गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय पोखराले सोमबार साँझ विज्ञप्ति जारी गर्दै थप ५३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।
स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ थपिएका ५३ जनासँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५९३ पुगेको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ थपिएकाहरु तनहुँका १७, स्याङ्जाका ९, बागलुङका ८, गाेरखाका ११ जना रहेका छन् ।
यसैगरी लमजुङका ५, पर्वतका १, नवलपुरका १ र कास्कीका १ जना रहेका छन् । थप भएका ५३ जना संक्रमितहरुको विवरण यस्तो छ-
प्रतिक्रिया