समाजवादीले सरिता गिरीलाई स्पष्टीकरण सोध्ने, चित्तबुझ्दो जवाफ नभए कारबाही « Khabarhub

समाजवादीले सरिता गिरीलाई स्पष्टीकरण सोध्ने, चित्तबुझ्दो जवाफ नभए कारबाही


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समाजवादी पार्टीले  नेपालको नयाँ नक्साका विषयमा राष्ट्रियता विरोधी अभिव्यक्ति दिएर विवादमा आएकी सांसद सरिता गिरीसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

सोमबार बसेको पार्टी पदाधिकारी बैठकले सांसद गिरीसँग उनका अभिव्यक्तिबारे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

उनले पार्टी नीतिविरुद्ध अभिव्यक्ति दिएको र कमद चालेको समाजवादी पार्टीको बुझाइ छ । नक्सासम्बन्धि संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण स्ष्पष्टीकरण सोध्ने निर्णय भएको पार्टीका नेता गंगानारायण श्रेष्ठले बताए ।

संविधान संशोधनमा मतदानका दिन उनले संसद बैठक बहिष्कार गरेकी थिइन् ।

राष्ट्रिय महत्वको विषयमा लगातार विवादित र आपत्तिजनक अभिव्यक्ति दिएको, पार्टी संसदीय दलले निर्देशन दिँदा पनि नयाँ नक्सालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ का विरुद्ध दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता नलिएको, पार्टीले संशोधन प्रस्तावको पक्षमा मतदान गर्न ह्विप लगाउँदा पनि अवज्ञा गरेका कारण सांसद गिरीसँग स्पष्टीकरण सोध्ने निर्णय भएको उनले बताए ।

सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर जारी गरेको नेपालको नयाँ राजनीतिक नक्सा संविधानको अनुसूचीमा समावेश गर्न संसदमा पेश गरेको संविधान संशोधन विद्येयकविरुद्ध गिरीले संशोधन दर्ता गराएकी थिइन् ।

गिरीले दर्ता गरेको संशोधन ‘विधेयकको निहित सिद्धान्तको विपरीत’रहेको भन्दै सभामुख अग्नि सापकोटाले अस्वीकृत गरेका थिए ।

समाजवादी पार्टी स्रोतका अनुसार स्पष्टीकरण चिक्तबुझ्दो नआए उनलाई संसदबाट कारबाही गर्ने निर्णय छ । गिरी समानुपातिक सांसद हुन् ।

नेपालले आफ्नो भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नक्सा सार्वजनिक गरेपछि राष्ट्रियता विरोधी अभिव्यक्ति दिए सांसद गिरी विवादमा तानिएकी छिन् ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ९ : ३१ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर