आफू खुशी शुल्क नलिन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन « Khabarhub

आफू खुशी शुल्क नलिन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षण संस्था सञ्चालन नभएको अवधिको शुल्क नलिन निजी विद्यालयहरुलाई निर्देशन दिएको छ ।

सोमबार मन्त्रालयका प्रवक्ता दिपक शर्माले विज्ञप्ति जारी गरेर शुल्क नलिन निजी विद्यालयको छाता संस्था प्याब्सन, एनप्याब्सनलाई सचेत गराएका हुन् ।

प्रवक्ता शर्माद्धारा जारी विज्ञप्तिमा प्याब्सन, एनप्याब्सनले गरेको अपिलप्रति मन्त्रालयको ध्यानार्कषण भएको उल्लेख छ ।

‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७’ विपरितका क्रियाकलाप नगर्न/नगराउन अपील गरिएको छ । साथै विद्यालयहरुले भोग्नु परेको समस्याको बारेमा छलफल गर्न सकिने मन्त्रालयले जनाएको छ ।

असार १ गतेदेखि सञ्चालन गरिएको वैकल्पिक कक्षासम्बन्धी कुनै समस्या भए विद्यालयले सम्बन्धित स्थानीय तहसँग समन्वय गर्नुपर्ने विज्ञप्तिमा जनाइएको छ ।

 

आइतबार निजी विद्यालयका छाता संस्थाहरु प्याब्सन र एनप्याब्सनले गत वर्षको बाँकी र शैक्षिक सत्र २०७७ को शुल्क बुझाउन अपिल गरेका थिए । निजी विद्यालय सञ्चालकहरुले लकडाउनको अवधिमा सरकारले कुनै राहत नदिएको भन्दै शुल्क उठाउनु परेको जिकिर गरेका थिए ।

उनीहरुले शुल्क बुझाउन अपिल गरेसँगै विद्यार्थी तथा अभिभावकले भने असन्तुष्टि जनाएका छन् ।

विद्यार्थी संगठनद्वारा शुल्क नलिन आग्रह

यसैबीच विद्यार्थी संगठनले समेत निजी विद्यालयलाई शुल्क नलिन आग्रह गरेका छन् ।

आज अनेरास्ववियू र नेविसंघले विज्ञप्ति जारी गर्दै निजी शैक्षिक संस्थालाई शुल्क नलिन आग्रह गरेका हुन् । उनीहरुले शुल्क नबुझाउन अभिभावकलाई आह्वान गरेका छन् ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ९ : ५७ बजे

शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आग्रह

एजेन्सी– लेबनानमा गत हप्ता तीन इन्डोनेसियाली शान्ति सैनिकको मृत्युको सम्भावित कारण

चितवनको ३८ प्रतिशत जमिन सिँचाइविहीन

चितवन– जिल्लामा खेती भइरहेको ३८ दशमलव २ प्रतिशत जमिनमा अझै

भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु

टक्सार– भोजपुरमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । कुटपिटमा

ओलीबारे रास्वपाका पुरुषोत्तमको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले पूर्व प्रधानमन्त्री

बालेन सरकारको अर्थनीति कांग्रेसी विरासतले हाँक्ने

काठमाडौं– नेपालको राजनीतिमा ‘जेनजी’ पुस्ताको आन्दोलन र फागुन २१ गतेको