भारतमा चार दिनमा १ लाख ५३ हजारमा कोरोना संक्रमण « Khabarhub

भारतमा चार दिनमा १ लाख ५३ हजारमा कोरोना संक्रमण


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा लगातार कोरोना संक्रमितको संख्या बृद्धि हुने क्रम रोकिएको छैन ।

पछिल्ला चार दिनमा मात्रै भारतमा १ लाख ५३ हजार ६२८ जना संक्रमित भएका छन् । यसमध्ये ३९ हजार १६८ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

लगातार बढ्दो क्रममा संक्रमण देखिएको भारतमा यसअघि सोमबार एकै दिन अहिलेसम्मकै सर्वाधिक ४० हजार २४३ जनामा संक्रमण देखिएको थियो ।

संक्रमण फैलिएको झण्डै ७ महिनामा भारतमा मंगलबार यो समाचार तयार पार्दासम्म ११ लाख ९४ हजार ८५ जना संक्रमित भएका छन् ।

यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । संक्रमितमध्ये अहिलेसम्म ७ लाख ५२ हजार ३९३ जना संक्रमणमुक्त भएका छन् भने ४ लाख ‍१२ हजार ९२१ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ६७२ जनाको मृत्यु भएपछि बुधबार बिहानसम्म ज्यान गुमाउनेको २८ हजार ७७१ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

 

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ५ : ४६ बजे

झापा ५ बाट बालेन्द्र उठ्नुहुन्छ : यज्ञमणि न्यौपाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले झापा

गम्भीर तथा आकस्मिक बीरामीका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा 

काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा

मनाइयो २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं– २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको