मोबाइलको मोमोरी छिटो भरिएर हैरान हुनुहुन्छ ? यस्ता छन् छुटकारा पाउने उपाय « Khabarhub

मोबाइलको मोमोरी छिटो भरिएर हैरान हुनुहुन्छ ? यस्ता छन् छुटकारा पाउने उपाय


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – आजकल धेरैजसो मानिसहरूमा स्मार्ट फोनको आकर्षण छ ।

धेरै स्टोरेज क्षमता, गतिलो फोटो खिच्न सक्ने त हेर्दा आकर्षक मोबाइल अधिकांशको रोजाईमा पर्छ ।

तर,  बल्लतल्ल खरिद गरिएको र आकर्षक भनिएको मोबाइलको मेमोरी पनि छिटै भरिएर मोबाइल फोन प्रयोगकर्ता तनावमा पर्छन् ।

कहिलेकाहिँ त त्यस्तो समय हुन्छ जब फोटो क्लिक गर्न चाहन्छौं तर फोनमा स्टोरेज भरिएको हुन्छ। स्टोरेज भरिएको कारण, धेरै महत्त्वपूर्ण फोटोहरू क्लिक छोडिन्छन्।

यसबाहेक, फोनमा कम स्टोरेज हुँदा अत्यावश्यक पर्ने एप्स डाउनलोड गर्न चाहेर पनि असंभव जस्तै रहेको हुन्छ ।

अधिकांशले धेरैभन्दा धेरै फोटो, भिडियो र एप्सहरु प्रयोग गर्न चाहने हुँदा त्यसलाई राख्न फोनमा स्टोरेजको आवश्यक पर्दछ ।

यस्तो अवस्थामा, यदि तपाईं फोनको स्टोरेज समस्याबाट मुक्त हुन चाहनुहुन्छ भने तपाईंले यी काम गर्न सक्नुहुन्छ –

१. फोनमा ठाउँ बढाउन, सेटिंग्समा जानुहोस् र क्याच खाली गर्नुहोस्। साथै, जुन एप्सहरू प्रयोगमा रहेका छैनन् वा उपयोगी छैनन् त्यसलाई डिलिट गरेर स्टोरेज वृद्धि गर्न सकिन्छ।

२.यदि फोनमा अधिक डाटा छ भने यसलाई कम्प्युटर वा ल्यापटपमा राखेर स्टोरेज खाली गर्नुहोस्। यसले तपाईंको डाटा पनि सुरक्षित हुनेछ र फोनमा खाली ठाउँ उपलब्ध हुनेछ।

३. प्राय जसो फाइलहरू ईमेलमा अट्याच भएर आउँदछन्, हामी पनि तिनीहरूलाई डाउनलोड गर्छौं, जसले हाम्रो फोनको स्टोरेज भरिने हुन्छ। यदि यस्तो अट्याच भएर आएको फाईल उपयोगी छैन भने त्यसलाई पनि मेटाउनुहोस्।

४. एप्स मेटाएपछि पनि यदि तपाईँको फोनमा भण्डारण कम छ भने फोनको ग्यालरीमा उपयोगी नरहेका र काम नलाग्ने फोटो र भिडियोहरू मेटाउनुहोस् । यसअतिरिक्त मेसेजिङ्ग एप्स, व्हाट्सएप, मेसेन्जर वा भाइबर लगायतबाट आउने फोटो र भिडियोहरू पनि समय समयमा हटाउने गर्नुस्।

५. यदी तपाई आईफोन प्रयोगकर्ता हो भने सेटिङ्गमा गएर स्टोरेज र आईक्लाउडमा जानुपर्ने हुन्छ। यसपछि मुख्य स्टोरेजमा जानुहोस् र उपयोगी नभएका फाईलहरु मेटाउनुहोस्।

यावत काम गर्दा तपाईँको फोनमा केही न केही स्पेस खालि हुन्छ जसले तपाईँलाई तत्काललाई स्टोरेज नभएको समस्या हल हुन्छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ६ : ०३ बजे

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

कोलम्बियामा सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

बोगोटा– कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

थारू बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज– दसैँ पर्वका अवसरमा बाँकेका थारू गाउँबस्तीमा परम्परागत सखिया नाचको

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८