मोबाइलको मोमोरी छिटो भरिएर हैरान हुनुहुन्छ ? यस्ता छन् छुटकारा पाउने उपाय « Khabarhub

मोबाइलको मोमोरी छिटो भरिएर हैरान हुनुहुन्छ ? यस्ता छन् छुटकारा पाउने उपाय


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – आजकल धेरैजसो मानिसहरूमा स्मार्ट फोनको आकर्षण छ ।

धेरै स्टोरेज क्षमता, गतिलो फोटो खिच्न सक्ने त हेर्दा आकर्षक मोबाइल अधिकांशको रोजाईमा पर्छ ।

तर,  बल्लतल्ल खरिद गरिएको र आकर्षक भनिएको मोबाइलको मेमोरी पनि छिटै भरिएर मोबाइल फोन प्रयोगकर्ता तनावमा पर्छन् ।

कहिलेकाहिँ त त्यस्तो समय हुन्छ जब फोटो क्लिक गर्न चाहन्छौं तर फोनमा स्टोरेज भरिएको हुन्छ। स्टोरेज भरिएको कारण, धेरै महत्त्वपूर्ण फोटोहरू क्लिक छोडिन्छन्।

यसबाहेक, फोनमा कम स्टोरेज हुँदा अत्यावश्यक पर्ने एप्स डाउनलोड गर्न चाहेर पनि असंभव जस्तै रहेको हुन्छ ।

अधिकांशले धेरैभन्दा धेरै फोटो, भिडियो र एप्सहरु प्रयोग गर्न चाहने हुँदा त्यसलाई राख्न फोनमा स्टोरेजको आवश्यक पर्दछ ।

यस्तो अवस्थामा, यदि तपाईं फोनको स्टोरेज समस्याबाट मुक्त हुन चाहनुहुन्छ भने तपाईंले यी काम गर्न सक्नुहुन्छ –

१. फोनमा ठाउँ बढाउन, सेटिंग्समा जानुहोस् र क्याच खाली गर्नुहोस्। साथै, जुन एप्सहरू प्रयोगमा रहेका छैनन् वा उपयोगी छैनन् त्यसलाई डिलिट गरेर स्टोरेज वृद्धि गर्न सकिन्छ।

२.यदि फोनमा अधिक डाटा छ भने यसलाई कम्प्युटर वा ल्यापटपमा राखेर स्टोरेज खाली गर्नुहोस्। यसले तपाईंको डाटा पनि सुरक्षित हुनेछ र फोनमा खाली ठाउँ उपलब्ध हुनेछ।

३. प्राय जसो फाइलहरू ईमेलमा अट्याच भएर आउँदछन्, हामी पनि तिनीहरूलाई डाउनलोड गर्छौं, जसले हाम्रो फोनको स्टोरेज भरिने हुन्छ। यदि यस्तो अट्याच भएर आएको फाईल उपयोगी छैन भने त्यसलाई पनि मेटाउनुहोस्।

४. एप्स मेटाएपछि पनि यदि तपाईँको फोनमा भण्डारण कम छ भने फोनको ग्यालरीमा उपयोगी नरहेका र काम नलाग्ने फोटो र भिडियोहरू मेटाउनुहोस् । यसअतिरिक्त मेसेजिङ्ग एप्स, व्हाट्सएप, मेसेन्जर वा भाइबर लगायतबाट आउने फोटो र भिडियोहरू पनि समय समयमा हटाउने गर्नुस्।

५. यदी तपाई आईफोन प्रयोगकर्ता हो भने सेटिङ्गमा गएर स्टोरेज र आईक्लाउडमा जानुपर्ने हुन्छ। यसपछि मुख्य स्टोरेजमा जानुहोस् र उपयोगी नभएका फाईलहरु मेटाउनुहोस्।

यावत काम गर्दा तपाईँको फोनमा केही न केही स्पेस खालि हुन्छ जसले तपाईँलाई तत्काललाई स्टोरेज नभएको समस्या हल हुन्छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ६ : ०३ बजे

टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा

अमेरिका– टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासले टेक्ससको राजधानी अस्टिनमा आयोजना

उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ– सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पुर्‍याउन, बढी भएको

आमाले मकै पोलेर घर चलाएपछि कमेडीमा जमेका कर्मा

काठमाडौँ- सबैको विगत हुन्छ, कसैको राम्रो त कसैको नराम्रो ।

नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी

नवलपरासी– नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा

सम्झौता विपरीतका इँटा प्रयोग गरेपछि पर्खाल भत्काइयो

खोटाङ– निर्माण कम्पनीले हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनमा सम्झौता विपरीत