विश्वमा कोरोना : १ करोड ५० लाखभन्दा बढी संक्रमित   « Khabarhub

विश्वमा कोरोना : १ करोड ५० लाखभन्दा बढी संक्रमित  


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर १ करोड ५० लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

एकै दिन २ लाख ३८ हजार ७२८ जनामा संक्रमण देखिएसँगै बुधबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ५० लाख ९१ हजार ४५२ पुगेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ६६९ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख १९ हजार ४०० पुगेको छ ।

बुधबार यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ९१ लाख १० हजार १५३ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९९ हजार ७४९ जनाको मृत्यु भएको छ । २७ लाख १ हजार ३९३ जना संक्रमित भएकोमा १६ लाख ८ हजार ४७४ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ९९ हजार ७११ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४७ लाख २१ हजार ३९० पुगेको छ । त्यसमध्ये २३ लाख १९ हजार ३१४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ८२ हजार ६४६ जनाको मृत्यु भएको छ । ३५ लाख २६ हजार ५१ जना संक्रमित भएकोमा २५ लाख १२ हजार ३३७ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख २१ हजार ३६० जनाको मृत्यु भएको छ । ३३ लाख ७३ हजार ६८७ जना संक्रमित भएकोमा २२ लाख ४६ हजार ६६६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १५ हजार ७७० जनाको ज्यान गएको छ भने ७ लाख ५३ हजार ५४९ संक्रमित छन् । संक्रमितमध्ये ४ लाख १२ हजार ६५४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १४९ जनाको मृत्यु भएको छ । १४ हजार १२१ जना संक्रमित भएकोमा १० हजार ५७ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ७ : २१ बजे

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर